बैशाख १, चितवन । चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, चितवन । चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पल"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोखिम घरमै बस्न बाध्य छन् भूकम्पपीडित

२०७४, २ बैशाख शनिबार ०७:३४

बैशाख २, चितवन । चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन । 

‘ढुङ्गाको गाह्रो लगाएर बनाएको घर कुनबेला ढल्ने हो पत्तो छैन’ । त्यही घरमा मर्मतसमेत नगरी उनका परिवार बसिरहेका छन् । ‘अहिलेसम्म कतैबाट राहत नपाएको गुनासो मगरको छ । अहिलेसम्म कसैले हेरेन, दुईटा कागज दियो अरु दिएको छैन, भीमबहादुरले प्रश्न गर्दै भने भन्नुभयो, हामीलाई राहतदिन्छ अब सर?’ 

तत्कालीन जिल्लादैवी प्रकोप उद्धार समितिले उनको घरलाई आंशिक क्षति भएको भनेर प्रमाणित गरेको छ । सामान्य क्षति भएकाको समेत पूर्ण क्षतिमा परेको कुरा बाहिर आइरहेका बेला यि वृद्धको घर आंशिक क्षतिमा परेको छ । ‘कहिल्यैं आइज पनि भन्दैन, आउदा नी आउँदैन,’ वृद्ध मगरले भन्नुभयो । 

गाउँमा टोलीगएका बेला सुनिलकुमार ठाकुरले २०७२ सालको जेठ अन्तिममा आंशिक क्षति प्रमाणित गरेका छन् । 

हालसालै भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन टोली उनको घरमा पुगेर गएको माघ २० गते विवरण सङ्कलन गरेर फर्किएको छ । त्यही विवरणलाई आधार मानेर उहाँले राहत पाउने आशा गर्नुभएको छ । अब भने पक्कै राहत पाइन्छ भन्ने आशा बोकेर घरमा बसेको छ, त्यो परिवार । 

भीमबहादुरका चारवटी श्रीमती, एकजना बितेकी भए पनि अरु तीनजना छन् । सातजना छोरा छन् । चार छोरी छन् । केही आफ्नो गरेर खान थालेका छन् । तर उनीहरुले पुरानो जोखिम घर छाड्न सकेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !