बैशाख १, चितवन । चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, चितवन । चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पल"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जोखिम घरमै बस्न बाध्य छन् भूकम्पपीडित

२ बैशाख २०७४, शनिबार ०७:३४

बैशाख २, चितवन । चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन । 

‘ढुङ्गाको गाह्रो लगाएर बनाएको घर कुनबेला ढल्ने हो पत्तो छैन’ । त्यही घरमा मर्मतसमेत नगरी उनका परिवार बसिरहेका छन् । ‘अहिलेसम्म कतैबाट राहत नपाएको गुनासो मगरको छ । अहिलेसम्म कसैले हेरेन, दुईटा कागज दियो अरु दिएको छैन, भीमबहादुरले प्रश्न गर्दै भने भन्नुभयो, हामीलाई राहतदिन्छ अब सर?’ 

तत्कालीन जिल्लादैवी प्रकोप उद्धार समितिले उनको घरलाई आंशिक क्षति भएको भनेर प्रमाणित गरेको छ । सामान्य क्षति भएकाको समेत पूर्ण क्षतिमा परेको कुरा बाहिर आइरहेका बेला यि वृद्धको घर आंशिक क्षतिमा परेको छ । ‘कहिल्यैं आइज पनि भन्दैन, आउदा नी आउँदैन,’ वृद्ध मगरले भन्नुभयो । 

गाउँमा टोलीगएका बेला सुनिलकुमार ठाकुरले २०७२ सालको जेठ अन्तिममा आंशिक क्षति प्रमाणित गरेका छन् । 

हालसालै भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन टोली उनको घरमा पुगेर गएको माघ २० गते विवरण सङ्कलन गरेर फर्किएको छ । त्यही विवरणलाई आधार मानेर उहाँले राहत पाउने आशा गर्नुभएको छ । अब भने पक्कै राहत पाइन्छ भन्ने आशा बोकेर घरमा बसेको छ, त्यो परिवार । 

भीमबहादुरका चारवटी श्रीमती, एकजना बितेकी भए पनि अरु तीनजना छन् । सातजना छोरा छन् । चार छोरी छन् । केही आफ्नो गरेर खान थालेका छन् । तर उनीहरुले पुरानो जोखिम घर छाड्न सकेका छैनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड