बैशाख ३, लुम्बिनी । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ । 

भग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३, लुम्बिनी । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ । 

भग"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्धको जन्मस्थल लुम्बिनी माग्नेको अखडा बन्दै

२०७४, ३ बैशाख आईतवार ०७:०८


बैशाख ३, लुम्बिनी । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ । 

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन् । स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका स्तूपाहरु लुम्बिनीको मुख्य आकर्षण हुन् भने बुद्धको जन्मस्थल मायादेवी मन्दिर भने लुम्बिनीको विशेष आकर्षणका रूपमा रहेको छ । 

माग्नेले स्वदेशी तथा विदेशी पर्यटकलाई नाङ्गा दुधे बालकलाई लिएर बसेका देखाएर पैसा माग्ने र पैसा नदिएको खण्डमा पर्यटकको खुट्टा ढोग्नेजस्ता क्रियाकलाप गर्ने गरेको देख्न पाइन्छ । 

साथै केही पैसा जम्मा भएपछि ती माग्नेले मदिरा (रक्सी) पिएर फेरि त्यही तरिकाले माग्ने गरेको त्यहाँका माग्नेहरूको दिनचर्या बनेको छ । विश्व सम्पदा सूचीमा समेत सुचीकृत लुम्बिनीमा दिनानुदिन माग्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ । 

यस विषयमा त्यहाँका सुरक्षा व्यवस्था हेर्दै आएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षा गार्डको नजर पुगे पनि उनीहरू मौन छन् । 

हामीहरूले जति भने पनि लुम्बिनी विकास कोष यो विषयमा छलफल नै गर्न चाहँदैन । ड्युटीमा रहेका एक प्रहरी जवानले गुनासो गरे । यसबारे लुम्बिनी बिकास कोषका कर्मचारीसँग सोधपुछ गर्दा उनीहरू बोल्न चाहेनन् । 

दिनहुँ हजारौँ पर्यटक आउने लुम्बिनीमा माग्नेहरूको अड्डा बन्दै जाँदा लुम्बिनीको प्रतिष्ठामा मात्र आँच नआई सिङ्गो नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने साथै विदेशी पर्यटकमा नेपालको बारेमा गलत सन्देश जाने हुँदा यस विषयमा सम्बन्धित सबैको ध्यान पुग्नु जरूरी देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !