२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

२०७४, ३ बैशाख आईतवार ०७:२८

बैशाख ३, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ । 

पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताउनु भयो । 

रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएकामा उनको सुतेकै अवस्थामा मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका भतिजा सुरेश मण्डलले बताउनु भयो । 

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०/१२ जना आफन्त कतारमै काम गर्दै आएका थिए र उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो । 

मृतक मण्डलको जन्मभूमि जलेश्वर नगरपालिका–७ स्थित घरमा बिहान ४ बजेदेखि नै रुवावासी चलेको छ । मृतक मण्डलको आमा, पत्नी र तीन स–साना छोराछोरी रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !