३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

३ बैशाख २०७४, आईतवार ०७:२८

बैशाख ३, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको गएराति कतारमा मृत्यु भएको छ । 

पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताउनु भयो । 

रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएकामा उनको सुतेकै अवस्थामा मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका भतिजा सुरेश मण्डलले बताउनु भयो । 

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०/१२ जना आफन्त कतारमै काम गर्दै आएका थिए र उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो । 

मृतक मण्डलको जन्मभूमि जलेश्वर नगरपालिका–७ स्थित घरमा बिहान ४ बजेदेखि नै रुवावासी चलेको छ । मृतक मण्डलको आमा, पत्नी र तीन स–साना छोराछोरी रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’