बैशाख ३, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ३, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । 
"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ मुग्लिन सडक खण्डः विस्फोट गर्न माग

३ बैशाख २०७४, आईतवार ०७:४२


बैशाख ३, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको मुग्लिनतर्फका भागमा भित्तो काट्न कठिन भएपछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेको छ । 

सो सडक खण्डको नारायणगढको पुलचोकबाट मुग्लिनतर्फ ३३ दशमलव ६३० किमीदेखि एक सय मि लम्बाइ क्षेत्रमा पहाड काट्न निकै कठिन छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार चार दिनअघि सो क्षेत्रको निर्माण गर्दैआएको सुप्रिम रौताहा जेभीले आयोजनाका परामर्शदातालाई सो आग्रहसहितको पत्र बुझाएको हो । खनालका अनुसार विस्फोट गर्न अनुमति माग गरिएका क्षेत्रमा झन्डै ८० मि अग्लो पहाड छ । 

त्रिशूलीतर्फ तल पनि सिधा ठाडो भिर छ । सो क्षेत्रमा सडक ५ दशमलव ५० मि चौडा मात्रै रहेको छ । जहाँ ९ मिटर फराकिलो सडक बनाउनुपर्ने हुन्छ । परामर्शदाता कम्पनीले अध्ययन गरी विस्फोट गर्न उपयुक्त देखिएमा आयोजनालाई सिफारिस गर्ने छ । 

इ खनालका अनुसार विस्फोट आफैँमा चुनौतीपूर्ण काम भएकाले परामर्शदाताले विस्तृत अध्ययन गरेपछि मात्र काम गर्न हुने वा नहुने सिफारिस गरिने बताउनुभयो । विस्फोट गर्नुपर्दा पूरै पहाड खस्न सक्ने, पछि पनि फेरि पहिरो खसिरहन सक्ने, लामो समयसम्म सडक बन्द हुने जस्ता समस्या आउन सक्ने देखिएको छ । 

यसअघि नै निर्माण कम्पनीको मागअनुसार परामर्शदाताले क्यान्टिलिबर पद्धतिबाट सडक फराकिलो बनाउन अनुमति दिइसकेको छ । सोअन्तर्गत ठूला सिमेन्टका स्ल्याप निर्माण गरी सडकमा बिच्छाएर सडक चौडा गर्न सकिन्छ । सो क्षेत्रमा एक दशमलव ५ मि सडकको चौडा क्यान्टिलिबर पद्धतिबाट गर्न आयोजनाले अनुमति दिइसकेको छ । 

मुग्लिनबाट नारायणगढतर्फ एक किमी क्षेत्रमा करिब २५० मि लम्बाइमा क्यान्टिलिबर पद्धतिबाट काम गर्न अनुमति दिइएको हो । भूकम्प, नाकाबन्दी र काममा भएको अप्ठ्यारोका कारण समयमा काम सम्पन्न गर्न नसकिएको जनाउँदै दुई पटक समय थप गरिसकिएको छ । हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का दिइएको छ । आँपटारीदेखि दासढुङ्गासम्मको पहिलो खण्डमा भित्तो काट्नुपर्ने ठाउँ छैन । दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा १६ किमीमा तीन सय मि र घुमाउनेमा दुई सय मि सडक चौडा गर्नुपर्ने हुन्छ । हाल सो क्षेत्रमा ६ दशमलव ५ मिटर चौडा सडक छ जसलाई ११ मि फराकिलो बनाउनुपर्ने हुन्छ । 

करिब ४४ मि अग्लो पहाडबाट भित्तो काट्नुपर्ने सो ठाउँको १६ किलोमा २५ प्रतिशत मात्र र घुमाउनेमा ५० प्रतिशत काम भएको खनालले बताउनुभयो । 

त्यसैगरी तेस्रो खण्डमा सिमलतालदेखि मुग्लिनसम्मको जलबिरेमा दुई सय मि र कालीखोलादेखि मुग्लिनसम्मका ठाउँ ठाउँमा गरी पाँच सय मि सडक चौडा गर्नुपर्ने हुन्छ । इ खनालका अनुसार जलबिरेमा ४० प्रतिशत जति काम सम्पन्न भएको छ भने कालीखोलादेखि मुग्लिनसम्म दश प्रतिशत मात्र काम भएको छ । 

कालीखोलादेखि मुग्लिनसम्मको भागमा पाँच दशमलव पाँच मि मात्र सडक फराकिलो छ, जसलाई नौ मि फराकिलो पु¥याउनुपर्ने छ । सो क्षेत्रमा ८० मि माथिबाट सडकको भित्तो काट्नुपर्ने हुन्छ । 

तीन खण्ड बनाएर विस्तार थालिएको सो सडक खण्डका ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै मिति थप माग गरेपछि पहिलो दुई खण्डमा सात महिना र तेस्रो खण्डमा आठ महिना समय थप गरिसकिएको छ । सोअनुरुप आँपटारीदेखि दासढङ्गासम्मको पहिलो खण्डको सात महिना मिति थप गरी आगामी भदौ ९ गते काम सम्पन्न गर्नुपर्ने हुन्छ । 

दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रो खण्डमा आगामी मङ्सिर १२ गते सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डको पुस ६ गते सम्पन्न गर्न मिति थप गरिएको हो । विसं २०७१ चैत २६ गतेदेखि काम थालिएको हो । 

तेत्तिस किमी सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान