वैशाख ३,रत्ननगर । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्याली प्रदर्शन गरिएको छ । 

चितव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ३,रत्ननगर । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्याली प्रदर्शन गरिएको छ । 

चितव"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैँडा मारेको चिन्तामा झोपो बानेर शोक र्याली प्रदर्शन

२०७४, ३ बैशाख आईतवार ०८:०५


वैशाख ३,रत्ननगर । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्याली प्रदर्शन गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्याली निकालेका हुन् । यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत लगेको थियो । 

त्यसको विरोधमा २२औँ वन्यजन्तु सप्ताहको तेस्रो दिनमा ‘युवा अग्रसरता : संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित आज निकालिएको शोक र्याली सौराहाको विभिन्न क्षेत्र परिक्रमा गरी गैँडा चोकमा कार्यक्रम गरिएको छ । संरक्षणमा चेतना दिन यसरी आज शोक र्याली निकालिएको भन्दै चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले अझै संरक्षणमा चुनौती रहेकाले हातेमालो आवश्यक भएको बताउनुभयो । 

चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वर्डएजुकेसन सोसाइटी, यहाँका विभिन्न सामुदायिक वन, पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा संरक्षणमा सहभागी सङ्घसंस्थाको संयुक्त आयोजनाका कार्यक्रम भएको हो । “दुर्लभ एकसिङ्गे गैँडा तथा बाघ एवम् वन्यजन्तु नेपालको अमूल्य सम्पत्ति हुन्, संरक्षणकर्मी तथा चरा विज्ञ टीका गिरीले भन्नुभयो, यसको संरक्षण आजको चुनौती भएको छ ।” 

वन्यजन्तु संरक्षणसँग समृद्धि पनि जोडिएकाले संरक्षणबिना पर्यटन व्यवसाय पनि फस्टाउन नसक्ने बाघ संरक्षण समितिका संयोजक जीतु तामाङ बताउनुभयो । १ गतेदेखि सुरु भएको सप्ताहअन्तर्गत अहिलेसम्म सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल सफारी फोटो प्रदर्शनी कार्यक्रम गरिएको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलले जानकारी दिनुभयो ।

वैशाख ४ गते घाँसे मैदान व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तक्र्रिया र ७ गते गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रिया गरेर कार्यक्रम सकिने वर्डएजुकेसन सोसाइटी, चितवनका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !