वैशाख ३,रत्ननगर । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्याली प्रदर्शन गरिएको छ । 

चितव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वैशाख ३,रत्ननगर । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्याली प्रदर्शन गरिएको छ । 

चितव"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैँडा मारेको चिन्तामा झोपो बानेर शोक र्याली प्रदर्शन

३ बैशाख २०७४, आईतवार ०८:०५


वैशाख ३,रत्ननगर । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्याली प्रदर्शन गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्याली निकालेका हुन् । यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत लगेको थियो । 

त्यसको विरोधमा २२औँ वन्यजन्तु सप्ताहको तेस्रो दिनमा ‘युवा अग्रसरता : संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित आज निकालिएको शोक र्याली सौराहाको विभिन्न क्षेत्र परिक्रमा गरी गैँडा चोकमा कार्यक्रम गरिएको छ । संरक्षणमा चेतना दिन यसरी आज शोक र्याली निकालिएको भन्दै चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले अझै संरक्षणमा चुनौती रहेकाले हातेमालो आवश्यक भएको बताउनुभयो । 

चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वर्डएजुकेसन सोसाइटी, यहाँका विभिन्न सामुदायिक वन, पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा संरक्षणमा सहभागी सङ्घसंस्थाको संयुक्त आयोजनाका कार्यक्रम भएको हो । “दुर्लभ एकसिङ्गे गैँडा तथा बाघ एवम् वन्यजन्तु नेपालको अमूल्य सम्पत्ति हुन्, संरक्षणकर्मी तथा चरा विज्ञ टीका गिरीले भन्नुभयो, यसको संरक्षण आजको चुनौती भएको छ ।” 

वन्यजन्तु संरक्षणसँग समृद्धि पनि जोडिएकाले संरक्षणबिना पर्यटन व्यवसाय पनि फस्टाउन नसक्ने बाघ संरक्षण समितिका संयोजक जीतु तामाङ बताउनुभयो । १ गतेदेखि सुरु भएको सप्ताहअन्तर्गत अहिलेसम्म सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल सफारी फोटो प्रदर्शनी कार्यक्रम गरिएको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलले जानकारी दिनुभयो ।

वैशाख ४ गते घाँसे मैदान व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तक्र्रिया र ७ गते गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रिया गरेर कार्यक्रम सकिने वर्डएजुकेसन सोसाइटी, चितवनका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’