३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

३ बैशाख २०७४, आईतवार ०९:०४

वैशाख ३,काठमाडौँ। काठमाडौँ जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय  राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले कार्यालय सञ्चालन गर्दै देश पूरै निर्वाचनमा लागिसकेको अवस्थामा यसमा बाधा पुग्ने काम कसैले गर्ने नहुने बताउनुभयो । 

काठमाडौंका अन्य १० नगरपालिकामा भने निर्वाचन अधिकृतको कार्यालय रहनेछ । काठमाडौँका नगर क्षेत्रमा निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सामग्री तथा जनशक्ति व्यवस्थापनको काम सोही कार्यालयबाट हुने प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिनुभयो । 

निर्वाचन समाप्त भइसकेपछि कामपा क्षेत्रका मतपेटिका यसै स्थानमा तथा अन्य नगरपालिकाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइनेछ । काठमाडौँ जिल्लामा करिब पाँच लाख ५७ हजार तथा कामपामा दुई लाख ८४ हजार मतदाता छन् । काठमाडौँमा भएका तीन सय १९ मतदानस्थलमध्ये महानगरमा एक सय ५६ छन् । त्यस्तै काठमाडौँका सात सय ५४ मतदान केन्द्रमध्ये महानगरमा एक सय ७८ केन्द्र छन् । 

काठमाडाँै जिल्लामा सबैभन्दा कम मतदानस्थल भएको नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका हो । सो नगरपालिकामा १३ मतदानस्थल छन् । त्यस्तै सबैभन्दा कम मतदान केन्द्र भएको नगरपालिका दक्षिणकाली हो जहाँ २३ मतदान केन्द्र छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’