३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडक अनुशासन कायम गर्न फुटपाथका पसल हटाइँदै

३ बैशाख २०७४, आईतवार ११:२५

वैशाख ३,काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई तीव्रता दिएको छ । 

सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन महाशाखाले काठमाडौँ महानगरपालिकासँग मिलेर पसल हटाउन लागेको हो । 

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरी, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको सहयोगमा चैत २८ गतेदेखि फुटपाथ हटाउन थालिएको बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि एक महिनासम्म जनचेतना जगाउने र उल्लङ्घन गरे कानुनी कारबाही गर्ने स्पष्ट पार्नुभयो । 

यस्तै, महाशाखाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरेपछि सवारी चालक सजग भएर सवारी चलाउन थालेको र यसबाट दुर्घटनामा कमी आएको जनाएको छ । 

महाशाखाका प्रमुख लामाले अनावश्यक हर्न बजाउने दैनिक दुई सयभन्दा बढी सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको बताउनुभयो । 

नयाँ नीति अनुसार अत्यावश्यक अवस्था र घुम्तीमा बाहेक अन्य स्थानमा हर्न बजाउन पाइँदैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द