बैशाख ४, काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । 

शिक्षा नियमावल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ४, काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । 

शिक्षा नियमावल"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को परीक्षा वैशाख १० देखि

४ बैशाख २०७४, सोमबार १२:२२


बैशाख ४, काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । 

शिक्षा नियमावली आठौँ संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ । यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो । राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाको सबै तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । 

परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये छात्र एक लाख ७६ हजार छ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन् । देशभर नौ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

यसमा सबैभन्दा बढी काठमाडौँमा एक सय १० र सबैभन्दा कम मनाङ/मुस्ताङमा एक/एक केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी गरी ३५ हजार परिचालन हुने जनाइएको छ । 

बोर्डले ९० दिनभित्र परीक्षाको नतिजा प्रकाशन गर्ने जानकारी दिएको छ । गत वर्ष सञ्चालित दश जोड दुईको परीक्षाफलमध्ये व्यवस्थापन विषयको एक सय सात दिन र विज्ञान विषयको ८७ दिनमा नतिजा सार्वजनिक भएको थियो । 

परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित बनाउन शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका उपाध्यक्ष शान्तबहादुर श्रेष्ठका अध्यक्षतामा आज नै बैठकसमेत सम्पन्न भएको थियो । बैठकले परीक्षा अवधिभर बन्द, हडताल नगरी भयरहित वातावरणमा परीक्षा सञ्चालनमा सहयोग पु¥याउन राजनैतिक दल, तिनका भ्रातृ सङ्गठन, अभिभावक, शिक्षक एवम् सरोकार भएका सबैमा आग्रह गरेको छ । सचिव श्रेष्ठले परीक्षालाई सफल बनाउन सरकारी संयन्त्र पूर्ण रुपमा परिचालन गरिने जानकारी दिनुभयो । 

यस पटकको परीक्षामा प्रजिअका अध्यक्षतामा प्रत्येक जिल्लामा गठित परीक्षा समन्वय समितिलाई पूर्ण जवाफदेही र अधिकारसम्पन्न बनाइएको तथा परीक्षामा अमर्यादित काम कारबाही गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’