बैशाख ४, काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । 

शिक्षा नियमावल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ४, काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । 

शिक्षा नियमावल"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा १२ को परीक्षा वैशाख १० देखि

२०७४, ४ बैशाख सोमबार १२:२२


बैशाख ४, काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । 

शिक्षा नियमावली आठौँ संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ । यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो । राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको परीक्षाको सबै तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । 

परीक्षामा सम्बन्धन प्राप्त क्याम्पस तथा दश जोड दुई विद्यालयका तीन लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये छात्र एक लाख ७६ हजार छ सय १२ र छात्रा एक लाख ७६ हजार चार सय छन् । देशभर नौ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

यसमा सबैभन्दा बढी काठमाडौँमा एक सय १० र सबैभन्दा कम मनाङ/मुस्ताङमा एक/एक केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी गरी ३५ हजार परिचालन हुने जनाइएको छ । 

बोर्डले ९० दिनभित्र परीक्षाको नतिजा प्रकाशन गर्ने जानकारी दिएको छ । गत वर्ष सञ्चालित दश जोड दुईको परीक्षाफलमध्ये व्यवस्थापन विषयको एक सय सात दिन र विज्ञान विषयको ८७ दिनमा नतिजा सार्वजनिक भएको थियो । 

परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित बनाउन शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका उपाध्यक्ष शान्तबहादुर श्रेष्ठका अध्यक्षतामा आज नै बैठकसमेत सम्पन्न भएको थियो । बैठकले परीक्षा अवधिभर बन्द, हडताल नगरी भयरहित वातावरणमा परीक्षा सञ्चालनमा सहयोग पु¥याउन राजनैतिक दल, तिनका भ्रातृ सङ्गठन, अभिभावक, शिक्षक एवम् सरोकार भएका सबैमा आग्रह गरेको छ । सचिव श्रेष्ठले परीक्षालाई सफल बनाउन सरकारी संयन्त्र पूर्ण रुपमा परिचालन गरिने जानकारी दिनुभयो । 

यस पटकको परीक्षामा प्रजिअका अध्यक्षतामा प्रत्येक जिल्लामा गठित परीक्षा समन्वय समितिलाई पूर्ण जवाफदेही र अधिकारसम्पन्न बनाइएको तथा परीक्षामा अमर्यादित काम कारबाही गर्ने व्यक्तिलाई छ महिना कैद र रु एक लाखसम्मको जरिवानाको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !