५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

उप–क्षेत्रीय अस्पताल डडेल्धुरा सुदुरपश्चिमका ७ जिल्लाको स्वास्थ्य केन्द्र बन्दै

१९ चैत्र २०७२, शुक्रबार १०:२६

upa xetraiya aspatalललित बोहरा/चैत १९, डडेल्धुरा । उप–क्षेत्रीय अस्पताल डडेल्धुरा केही महिना यता देखी सुदुरपश्चिका ७ पहाडी जिल्लाको स्वास्थ्य केन्द्र बन्दै गएको छ ।

अस्पतालमा २ हजार ९ सय ६३ जना विरामीले निशुल्क उपचार सेवा प्राप्त गरेका छन् । आर्थीक वर्ष २०७२/०७३ को श्रावन देखि फागुन महिना सम्म २ हजार ९ सय ६३ विभिन्न किसिमका विरामीलाई १२ लाख ४२ हजार ६३ हजार निशुल्क उपचार र औषधीमा खर्च गरीएको हो ।

उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार गराउन आएका गरिव, असाहय, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई भिडियो एक्सरे, ईसीजि, विभिन्न किसिमको ल्याव परिक्षण सहित औषधी निशुल्क वितरण गरेको छ ।

देशका अन्य कुनै पनि स्वास्थ्य संस्थामा निशुल्क उपचार सहित औषधी वितण गर्ने प्रावधान नभए पनि उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा निशुल्क परिक्षण सहित औषधी वितरण गरिएको उप–क्षेत्रीय अस्पताल डडेल्धुरा विकास समितिका अध्यक्ष लक्ष्मण सिहले बताएका छन ।

अस्पताल विकास समितिको कोषवाट उक्त रकम खर्च गरिएको बताउँदै अध्यक्ष सिहले अव उपरान्त निशुल्क उपचार गरिने भए पनि औषधी वितरण गर्न नसकिने जानकारी दिएका छन ।

नेपाल सरकारले निशुल्क दिने औषधी दिने भए पनि उप–क्षेत्रीय अस्पताल डडेल्धुराले किनेर दिन नसक्ने तर अति गरिव वा असाह्य भए अस्पतालका कर्मचारी संगको छलफल पछि मात्रै दिन सकिने समेत पत्रकार सम्मेलनममा जानकारी गराइएको छ ।

यसैगरि वैशाख महिना भित्र उप क्षेत्रीय अस्पताल डडेल्धुरामा सम्पुर्ण कन्सल्टेट डाक्टरको पद पुर्ति गर्ने, १ सय सैयाको अस्पतालको नयाँ भवन निर्माणका लागि प्रक्रिया अगाढी वढाई सकिएको, उप क्षेत्रीय अस्पतालको मापदण्ड अनुसारको उपकरण खरिद गर्ने, लगाएतका वारेमा जानकारी गराइएको थियो ।

केही महिना अगाडी ब्यबस्थापन समीती नहुदा अस्पतालले सुत्केरी सेवा समेत दिन सकी रहेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ