वैशाख ६, बैतडी | विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ६, बैतडी | विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय "/>
२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

६ बैशाख २०७४, बुधबार ०१:४९

वैशाख ६, बैतडी | विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ ।’

विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका बखत शौच गरेकै कारण देउता रिसाएकाले छात्राहरू बेहोस बनेको ठम्याइ विद्यालय पदाधिकारी तथा अभिभावकको रह्यो। ‘मास हिस्टेरिया’बारे अनभिज्ञ विद्यालय पदाधिकारी तथा अभिभावकले अन्ततः शौचालय नै भत्काइदिए ।  शौचालय भत्काइएपछि बेहोस हुन छाड्नु संयोग थियो तर अभिभावकले त्यसलाई दैवी चमत्कारका रूपमा लिए ।

स्रोत व्यक्ति लालदत्त ओझाले जिल्ला शिक्षा कार्यालय बैतडीद्वारा आयोजित छात्रा शिक्षा सञ्जालको बैठकमा ‘मास हिस्टेरिया’ भएका दुई विद्यालयमा देउता रिसाएको भन्दै धामी झाँक्रीबाट उपचार गर्न खोजिएको बताउँदै भने, ‘कतिपय विद्यालयमा त महिनावारी भएकी महिला शिक्षकले चार दिन पढाउनु नपर्ने निर्णयसमेत व्यवस्थापन समिति र अभिभावकबीच भएको रहेछ। हामीले थाहा पाएपछि त्यस्तो गर्नबाट रोक्यौँ ।’

सुदूर पश्चिममा रजश्वलाका बखत अध्ययनरत छात्रा तथा महिला शिक्षकले भोग्नु परिरहेको पीडा अझै घट्न सकेको छैन।  जिल्लाका सदरमुकाम तथा आसपासमा रजश्वलाका कारण सिर्जित समस्या कमै देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा उनीहरू पीडित छन् ।  सहरी क्षेत्रमा लुकाइने गरिएकाले घटेको जस्तो देखिएको सरोकारवालाको भनाइ छ ।

स्रोत व्यक्ति मदनसिंह भण्डारीले कतिपय शिक्षकले धामी झाक्रीको पेसा पनि अपनाउँदै आएको बताउँदै भने, ‘त्यस्ता शिक्षकहरूले निकै बार्छन् ।  महिनावारी भएका छात्रा पनि विद्यालयमा आएका हुनसक्ने भएकाले  कुनै पनि छात्रालाई छुँदैनन् ।  छात्राहरूलाई नजिक आउन दिँदैनन् र टाढाबाट सिकाउँछन्।’

बैठकमा कतिपय स्रोत व्यक्तिले रजश्वला भएकी छोरीलाई आमाले नै बढी भेदभाव गर्ने गरेको बताए ।  कतिपयको घरको ढोकामा अझै पनि गहुँत राख्ने चलन भएको र विद्यालयबाट फर्किएकाले रजश्वला भएका छात्रा तथा महिला शिक्षकलाई छोएको हुनसक्ने भएकोले घरभित्र प्रवेश गर्नुअघि गहुँत छर्किनु पर्ने प्रवृत्ति पनि थुप्रै घरमा रहेको उनीहरूले सुनाए । 

अर्का स्रोत व्यक्ति हरेन्द्रप्रसाद जोशीले आफ्नो क्षेत्रका विद्यालयहरूमा चार दिनसम्म महिला शिक्षक नजाने गरेको तर आफूले ‘शिक्षा ऐन र नियमावलीमा महिनावारी भएका बेला महिला शिक्षक विद्यालयमा जानु नपर्ने भनी कहाँ लेखिएको छ ? देखाउनु होस्’ भनेपछि त्यस्तो प्रवृत्तिमा कमी आएको सुनाउँदै भने, ‘आफू महिनावारी भएको अन्य शिक्षकहरूलाई किन जानकारी दिइरहनु पर्‍यो र ? अहिले धेरै विद्यालयमा महिला शिक्षकलाई यसबारे सोधिँदैन ।’

तेर्छाबटास्थित दुबला निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा एक महिला निर्वाचित भइन् र उनलाई टीका लगाइदिन खोज्दा आफू महिनावारी भएको भन्दै प्रधानाध्यापकको हातबाट टीका लगाउन मानिनन्।  स्रोत व्यक्ति केशवदत्त तिवारीले त्यस दिनको घटना स्मरण गरे, ‘टीका लगाइदिन तम्सिएका प्रधानअध्यापकले पनि महिनावारी भएको थाहा पाएपछि ती महिलालाई टीका लगाइदिन चाहँदै चाहेनन्। पछि अलिकति टीका भुइँमा राखियो र ती महिलाले आफैले टीका लगाइन्। आफू महिनावारी भएको नभनेको भए पनि हुन्थ्यो नि?’ – प्रकृति अधिकारी र गोकर्ण दयाल (गोरखापत्र) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली