वैशाख ६, बैतडी | विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ६, बैतडी | विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय "/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

२०७४, ६ बैशाख बुधबार ०१:४९

वैशाख ६, बैतडी | विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ ।’

विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका बखत शौच गरेकै कारण देउता रिसाएकाले छात्राहरू बेहोस बनेको ठम्याइ विद्यालय पदाधिकारी तथा अभिभावकको रह्यो। ‘मास हिस्टेरिया’बारे अनभिज्ञ विद्यालय पदाधिकारी तथा अभिभावकले अन्ततः शौचालय नै भत्काइदिए ।  शौचालय भत्काइएपछि बेहोस हुन छाड्नु संयोग थियो तर अभिभावकले त्यसलाई दैवी चमत्कारका रूपमा लिए ।

स्रोत व्यक्ति लालदत्त ओझाले जिल्ला शिक्षा कार्यालय बैतडीद्वारा आयोजित छात्रा शिक्षा सञ्जालको बैठकमा ‘मास हिस्टेरिया’ भएका दुई विद्यालयमा देउता रिसाएको भन्दै धामी झाँक्रीबाट उपचार गर्न खोजिएको बताउँदै भने, ‘कतिपय विद्यालयमा त महिनावारी भएकी महिला शिक्षकले चार दिन पढाउनु नपर्ने निर्णयसमेत व्यवस्थापन समिति र अभिभावकबीच भएको रहेछ। हामीले थाहा पाएपछि त्यस्तो गर्नबाट रोक्यौँ ।’

सुदूर पश्चिममा रजश्वलाका बखत अध्ययनरत छात्रा तथा महिला शिक्षकले भोग्नु परिरहेको पीडा अझै घट्न सकेको छैन।  जिल्लाका सदरमुकाम तथा आसपासमा रजश्वलाका कारण सिर्जित समस्या कमै देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा उनीहरू पीडित छन् ।  सहरी क्षेत्रमा लुकाइने गरिएकाले घटेको जस्तो देखिएको सरोकारवालाको भनाइ छ ।

स्रोत व्यक्ति मदनसिंह भण्डारीले कतिपय शिक्षकले धामी झाक्रीको पेसा पनि अपनाउँदै आएको बताउँदै भने, ‘त्यस्ता शिक्षकहरूले निकै बार्छन् ।  महिनावारी भएका छात्रा पनि विद्यालयमा आएका हुनसक्ने भएकाले  कुनै पनि छात्रालाई छुँदैनन् ।  छात्राहरूलाई नजिक आउन दिँदैनन् र टाढाबाट सिकाउँछन्।’

बैठकमा कतिपय स्रोत व्यक्तिले रजश्वला भएकी छोरीलाई आमाले नै बढी भेदभाव गर्ने गरेको बताए ।  कतिपयको घरको ढोकामा अझै पनि गहुँत राख्ने चलन भएको र विद्यालयबाट फर्किएकाले रजश्वला भएका छात्रा तथा महिला शिक्षकलाई छोएको हुनसक्ने भएकोले घरभित्र प्रवेश गर्नुअघि गहुँत छर्किनु पर्ने प्रवृत्ति पनि थुप्रै घरमा रहेको उनीहरूले सुनाए । 

अर्का स्रोत व्यक्ति हरेन्द्रप्रसाद जोशीले आफ्नो क्षेत्रका विद्यालयहरूमा चार दिनसम्म महिला शिक्षक नजाने गरेको तर आफूले ‘शिक्षा ऐन र नियमावलीमा महिनावारी भएका बेला महिला शिक्षक विद्यालयमा जानु नपर्ने भनी कहाँ लेखिएको छ ? देखाउनु होस्’ भनेपछि त्यस्तो प्रवृत्तिमा कमी आएको सुनाउँदै भने, ‘आफू महिनावारी भएको अन्य शिक्षकहरूलाई किन जानकारी दिइरहनु पर्‍यो र ? अहिले धेरै विद्यालयमा महिला शिक्षकलाई यसबारे सोधिँदैन ।’

तेर्छाबटास्थित दुबला निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा एक महिला निर्वाचित भइन् र उनलाई टीका लगाइदिन खोज्दा आफू महिनावारी भएको भन्दै प्रधानाध्यापकको हातबाट टीका लगाउन मानिनन्।  स्रोत व्यक्ति केशवदत्त तिवारीले त्यस दिनको घटना स्मरण गरे, ‘टीका लगाइदिन तम्सिएका प्रधानअध्यापकले पनि महिनावारी भएको थाहा पाएपछि ती महिलालाई टीका लगाइदिन चाहँदै चाहेनन्। पछि अलिकति टीका भुइँमा राखियो र ती महिलाले आफैले टीका लगाइन्। आफू महिनावारी भएको नभनेको भए पनि हुन्थ्यो नि?’ – प्रकृति अधिकारी र गोकर्ण दयाल (गोरखापत्र) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा