२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा समबन्ध विच्छेदका घटनामा बृद्धि

२०७२, २५ चैत्र बिहीबार १२:२०

ललित बोहरा, चैत २५, डडेल्धुरा / डडेल्धुरामा सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुदै गएको छ । चालु अर्थिक बर्षको चैत महिनाको आजको मिती सम्म जम्मा मुद्धाको संख्या ५५ मध्ये २१ मुद्धा सम्बन्ध विचछेदका छन ।

दुनियावादी फौजदारी मुद्धा अनतर्गत ३० मुद्धामा २१ मुद्धा सम्बन्ध विच्छेदका मात्रै रहेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । जिल्ला अदालत डडेल्धुराले बिहिवार पत्रकार भेटघाट कार्यक्रममा कम उमेरमा नै बिवाह गर्ने, श्रीमान बिदेशीने , यौन सन्तुष्टी नहुने लगाएतका कारणले सम्बन्ध बिच्छेदका घटना बढेको हुन सक्ने जिल्ला अदालत डडेल्धुराका न्यायाधीश देबकुमार घिरीले बताए । चालु आर्थिक बर्षमा मात्र ६ वटा मुद्धा अदालतमा दर्ता भएका छन् ।

पत्रकार भेटघाटमा जिल्ला अदालत डडेल्धुराले अदालतीय नयाँ रणनीतीक योजना पनि सार्वजनीक गरेको छ । अदालतले मुद्धा फैसलामा जती समय लागए पनी प्रभाव नहुने मुद्धाको प्रकृति हेरर ५ बर्ष सम्म पनी फैसाला नगर्ने भए पनी अब कुनै प्रकृतीको मुद्धा १ बर्ष ६ महीना भन्दा बढी समय आदालनमा नरहने ब्यवस्था अदालतले गरेको जनाएको छ । चालु आर्थिक बर्षको अहिले सम्म दर्ता भएका मृद्धाहरुमा सरकारी फौजदारी मुद्धाको संख्या २१, दुनीया वादी फौजदारी मुद्धाको संख्या ३०, देवानी मुद्धाको संख्या १४ रहेको अन्तरक्रीयामा जनाएको छ । फच्र्यौट भएका मुद्धाको संख्या ३२ छ ।

डडेल्धुरामा अन्य पहाडी जिल्लाको तुलनामा कम मुद्धाहरु दर्ता हुने गरेकोे भए पनी पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाहरु भने बढ्दै गरेको अदालतले जनाएको हो । यस्तै सेवाग्राहीलाई छिटो छरितो न्यायीक सेवा प्रदान गर्न जिल्ला अदालत डडेल्धुरामा एकघण्टे सेवा सुरु गरिएको छ । सेवाग्राहीले जुनसुकै निवेदनको नक्कल माग गर्दा वा पेसी तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने, थमाउने, मिलापत्र, मुद्दा फिर्ता, वारेसनामा लगायत काम एक घण्टाभित्र प्रदान गर्ने गरी सो सेवा मिलाइएको जिल्ला अदालत डडेल्धुराका न्यायधिस देबकुमार गिरीले जानकारी दिएका छन् । यो सेवा सुरु भए पछि सामान्य प्रकृतीको मुद्धाको एक घण्टामा नै फैसला हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु