३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जिल्ला अदालत डडेल्धुराद्धारा अदालतीय नयाँ रणनीतीक योजना सार्बजनीक

२६ चैत्र २०७२, शुक्रबार ०२:४०

ललित बोहरा/चैत २६, डडेल्धुरा । जिल्ला अदालत डडेल्धुराले अदालतीय नयाँ रणनीतीक योजना सार्वजनीक गरेको छ ।

बिगतका दिनमा अदालतले मुद्धा फैसलामा जती समय लगाए पनी केही नहुने मुद्धाको प्रकृति हेरर ५ बर्ष सम्म पनी फैसाला नगर्ने भए पनी अब कुनै प्रकृतीको मुद्धा १ बर्ष ६ महीना भन्दा बढी समय आदालनमा नरहने ब्यवस्था अदालतले गरेको पत्रकारसंगको अन्र्तक्रीया मार्फत जनाएको छ ।

चालु आर्थिक बर्षको अहिले सम्म दर्ता भएका मृद्धाहरुमा सरकारी फौजदारी मुद्धाको संख्या २१, दुनिँया वादी फौजदारी मुद्धाको संख्या ३०, देवानी मुद्धाको संख्या १४ रहेको अन्तरक्रीयामा जनाएको छ । फच्यौट भएका मुद्धाको संख्या ३२ छ ।

डडेल्धुरा जिल्लामा अन्य पहाडी जिल्लाको तुलनामा कम मुद्धाहरु दर्ता हुने गरेको भए पनी पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाहरु भने बढ्दै गरेको अदालतले जनाएको छ । कम उमेरमा नै बिवाह गर्ने, श्रीमान बिदेशीने, यौन सन्तुष्टी नहुने लगाएतका कारणले सम्बन्ध बिच्छेदका घटना बढेको हुन सक्ने जिल्ला अदालत डडेल्धुराका न्यायाधीश देबकुमार घिरीले बताए ।

चालु आर्थिक बर्षमा मात्र ६ वटा मुद्धा अदालतमा दर्ता भएका छन् । यस्तै सेवाग्राहीलाई छिटो छरितो न्यायीक सेवा प्रदान गर्न जिल्ला अदालत डडेल्धुरामा एकघण्टे सेवा सुरु गरिएको छ ।

सेवाग्राहीले जुनसुकै निवेदनको नक्कल माग गर्दा वा पेसी तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने, थमाउने, मिलापत्र, मुद्दा फिर्ता, वारेसनामा लगायत काम एक घण्टाभित्र प्रदान गर्ने गरी सो सेवा मिलाइएको जिल्ला अदालत डडेल्धुराका न्यायधिस देबकुमार गिरीले जानकारी दिएका छन् । यो सेवा सुरु भएपछि सामान्य प्रकृतीको मुद्धाको एक घण्टामा नै फैसला हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’