वैशाख ९, बझाङ । बझाङमा घाँस काट्न गएकी एक किशोरीको ढुंगाले लागेर ज्यान गएको छ ।
घाँस काट्ने क्रममा टाउकोमा ढुङ्गाले लाग्दा मष्टा गाउँपालिका–५ रिलुकी १३ वर्षकी निराशा कुमारी बुढाको ज्यान गएको हो ।
शुक्रबार बेलुका घर नजिकै रहेको भिरमा घाँस काट्ने क्रममा हावाहुरी चले पछि भिरबाट ढुङ्गा खसी बुढाको टाउकोमा लागेको बताइएको छ ।
बुढाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।