Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बसको ठक्करले टाँगा चालकको मृत्यु, ६ जना घाइते

By kit

प्रभात सुवेदी/बैशाख ११, बर्दिया । बढैयाताल गाउँपालिका अन्तर्गत वडा नं. ७ को पचासामा बसले सडकमा गुडिरहेको टाँगालाई आज दिउसो १२ बजे ठक्कर दिँदा ३५ वर्षिय भोला कवडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नेपालगञ्जबाट गुलरियातर्फ जाँदै गरेको भे. १ ख. १९५७ नम्बरको बसले विपरित दिशाबाट आएको टाँगालाई ठक्कर दिँदा कवडियाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई छ । निज मृतकको ठेगाना जिल्ला बहराइच ग्रामपोष्ट उठारा बजार रहेको प्रहरीले बताएको छ ।

घटनामा परी घाइते हुनेहरुमा बर्दिया जिल्ला राजापुर न.पा. १० बस्ने वर्ष ३३ की मान कुमारी सुनार, वडा नं. ९ बस्ने मासा नेपाली, जमुनी ३ बस्ने वर्ष २५ की छन्तकला बोहोरा, मैनापोखर ४ बस्ने वर्ष २७ की बुद्धकली थापा, ताराताल बस्ने वर्ष ६० कि गौरा सुनार र राजापुर नगरपालिका बस्ने वर्ष ३९ की नन्दकला जैशी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई प्रहरीको सवारी साधनमा राखी उपचारको लागि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले बताउनुभएको छ ।