बैशाख १२, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ । 

सर्वसाधारणले प्रयोग गर्दैआएको साम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ । 

सर्वसाधारणले प्रयोग गर्दैआएको साम"/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुणस्तर विभागभित्रकै पानी गुणस्तरीय नभएपछि…

April 25, 2017

बैशाख १२, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ । 

सर्वसाधारणले प्रयोग गर्दैआएको सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने पानी शुद्ध छैन । विभागका निर्देशक दीपक ज्ञवालीले प्रयोगशालाभित्र प्रयोग गरिने पानीमा एमोनिया, आइरनलगायत पदार्थ मिसिँदा काम गर्न समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीमा विभिन्न किसिमका पदार्थ मिसिँदा काम गर्न ढिला हुनुका साथै मेसिनको काम गर्ने क्षमता घटेको छ ।” 

विभागमा हाल रसायन, खाद्य, सूक्ष्म जीव परीक्षण, कपडा र भौतिक गरी पाँच प्रयोगशाला सञ्चालनमा छन् । तीमध्ये रसायन र खाद्य प्रयोगशालामा प्रयोग गरिने पानी अति शुद्ध हुनुपर्छ । पानी शुद्ध नहुँदा छ छ महिनामा कार्टिज बिग्रने र कार्टिज फेर्नसमेत रु दुई लाखभन्दा बढी लाग्ने गरेको ज्ञवाली बताउनुहुन्छ । 

विभागमा रहेका पाँच प्रयोगशालामध्ये रसायन प्रयोगशालाले वार्षिक एक हजार, खाद्य प्रयोगशालाले वार्षिक पाँच सय, खाद्य, सूक्ष्म जीव परीक्षण प्रयोगशालाले वार्षिक एक सय, टेक्टाइल प्रयोगशालाले वार्षिक दुई हजार, भौतिक प्रयोगशालाले वार्षिक एक हजार सामानको नमुना परीक्षण गर्दे आएको छ । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी नेपालको नापतौल मान्यता अन्तर्राष्ट्रियस्तरको भए पनि यसको सही प्रयोग गर्न नसक्दा समस्या परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उपभोक्ताले गुणस्तरीय वस्तु सेवा प्राप्त गरून् भन्नेमा हामी सजग छौँ ।” 

पुडासैनीले विभागको प्रयोगशालामा जाँच भएका सामान विदेशमा गएर जाँच गर्न नपर्ने समेत बताउनुभयो । उहाँका अनुसार बोरिङको पानीमा गुणस्तरीय नहुँदा यन्त्र बिग्रने र पाइप लाइनमा जाम हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक