२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बस र टाटा सुमो ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते

२०७४, १२ बैशाख मंगलवार ११:४४

बैशाख १२, धनुषा । जनकपुर–ढल्केवर सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका बस र टाटा सुमो आज दिउँसो एकापसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । 

जनकपुरस्थित मुजेलियमा भएको यो दुर्घटनामा एकजना गम्भीर रुपले घाइते भएका छन् । दिउँसो करिब अढाई बजेको समयमा ना २ ख ५२२६ नम्बरको जनकपुरबाट जाँदै गरेका यात्रुबाहक बस र ढल्केवर तर्फबाट आउँदै गरेको ना १५ च १७५० नम्बरको टाटासुमो ठोक्किएको हो । 

घटनामा टाटासुमोमा सवार ४० वर्षका एक पुरुषको ज्यान गएको छ । सुमोका चालकको अवस्था चिन्ताजनक छ । उनीहरुको नाम खुल्न सकेको छैन । 

घाइतेहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । दुर्घटना ‘अभरटेक’ गर्न खोज्दा भएको प्रत्यक्षदर्शीले बताएका छन् । बसका चालक तत्कालै फरार भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !