बैशाख १३, काठमाडौँ । धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १३, काठमाडौँ । धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ ।&nb"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातको समयमा पखालिँदै काठमाडौँका सडक

१३ बैशाख २०७४, बुधबार ०७:२३


बैशाख १३, काठमाडौँ । धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको सुरुवात गरेको छ । 

गत सोमबारदेखि कामपाले रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलबाट पानी आयात गरी सडक सफा गर्ने काम सुरु गरेको हो । मेलम्ची खानेपानीको पाइप बिछ्याउने कामले गर्दा पछिल्लो समय काठमाडौँमा अत्यधिक धुलो बढेको हुनाले त्यसलाई नियन्त्रण गर्नका लागि कामपाले यस किसिमको अभियान सुरु गरेको कामपाका प्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले जानकारी दिनुभयो । 

“सरसफाइ हरेक नागरिकसँग जोडिएकाले, प्रदूषण नियन्त्रण गर्न नागरिक र महानगर मिल्नैपर्छ”, कार्यकारी अधिकृत पौडेलले भन्नुभयो, “सडक पखाल्ने काम थालेका छौँ, यसको प्रभाव हेरेर नागरिक जीवनको सहजताका लागि अन्य काम गर्छौँ ।” 

काठमाडौँका मुख्य र कालोपत्र गरिएका सडक तथा किनारामा जमेर बसेको धुलो पखाल्ने कामको थालनी गर्न सोमबार राति ९ः३० देखि १२ बजेसम्म सडक सफा गर्ने काम सुरु गरिएको र यस कामलाई निरन्तरता दिने प्रमुख पौडेलको भनाइ छ । 

धुलोका कारण नागरिकले अत्यन्तै सास्ती बेहोनु परेका कारण चौतर्फी दबाब आएकाले कामपाले यस्तो प्रयास गरी नागरिकलाई केही आभाष दिन तयार भएको हो । मङ्गलबार राति भने कामपाले दमकल र ट्याङ्करको सहायताले पुतलीसडक क्षेत्रको सडक सफा बनाएको छ । 

यसरी धुलो कम गर्न सके नागरिकले राहत पाउने कामपाले विश्वास लिएको छ । धुँवाधुलोले सहरी जीवनलाई सकसपूर्ण बनाएको छ । 

काम थालेको पहिलो दिन पुतलीसडक कमलादी मोडबाट शङ्करदेव क्याम्पस प्रवेश गर्ने चोकसम्मको सडकको बीच भाग, पैदल मार्ग र छेउछाउमा भएका, बार, बिजुलीका पोलमा रहेको धुलो पखालिएको थियो । दमकल, जेट मेसिन र ट्याङ्करको प्रयोग गरिएको धुलो पखाल्ने कामको पहिलो दिन ५० हजार लिटर पानीको प्रयोग भएको वातावरण व्यवस्थापन विभागले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै