कृष्ण कँडेल/बैसाख १३, बागलुङ । बागलुङ ढोरपाटन नगरपालिकाको एक होटेलमा पसेर एक्कासी गोली चलाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउसो साढे ४ बजेको समयमा ढोरपाटन नगरको वडा नम्बर–१ बुर्तिबाङ बसपार्कमा रहेको न्यु वुटवल थकाली भान्छा घर भित्र पसेर अन्धाधुन्ध गोली चलाउने ३३ बर्षका श्याम रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

साबिकको ग्वालीचौर गाविस वडा नम्बर–१ तथा अहिलेको वडिगाड गाउँपलिका वडा नम्बर–५ रेमीका उनलाई भाग्दै गरेको अबस्थामा बडिगाड खोला किनारबाट पक्रेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो ।

उनको साथबाट एक थान अबैध पेष्तोल र त्यसमा लाग्ने ११ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले हानेको गोली होटेलको भित्तामा लागर प्वाल परेको छ भने कुनै मानबिय क्षेती भने भएको छैन ।

रेश्मीले होटलमा पसेर एक्कासी एक राउण्ड गोली चलाएर भागेको प्रहरीको भनाई छ । गोली चलेपछि त्रसित बनेका स्थानियको खवर पछि प्रहरीले खोजी गर्ने क्रममा बुर्तिबाङको खल्टुबोट नजिकै बडिगाड खोला तर्न लागेको अबस्थामा पक्राउ गरेको थियो ।

उनले किन गोली चलाए भन्ने बारेमा अनुसन्धान हुने भन्दै अहिल्यै केहि भन्न नसकिने प्रहरीको भनाई छ । स्थानिय निर्वाचन निर्वाचनको पुर्बसन्ध्यामा प्रहरी कार्यालय नजिकै रहेको होटेलमा एक्कासी गोली चल्नुलाई सुरक्षाको दृष्टिमा निकै चासोका साथ हेरिएको छ ।

April 26, 2017
काठमाडौँ - KTM, बाग्लुङ्ग - BGL, समाज
होटेलमा गोली चलाउने युवा पेस्तोल र गोली सहित पक्राउ
By kit
4 मिनेट पढाइ