काठमाडौँ । काठमाडौंको गौरीघाटमा  दावा लामा उर्फ (जितेन्द्र मान तामांग ) माथि केहि दिन अघि गोली प्रहार भयो। गोलि प्रहार बाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ । काठमाडौंको गौरीघाटमा  दावा लामा उर्फ (जितेन्द्र मान तामांग ) माथि केहि दिन अघि गोली प्रहार भयो। गोलि प्रहार बाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै "/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौरीघाट गोलीकाण्ड बारे प्रहरीको उपलब्धि शुन्य, दोषीको नाम सहित प्रहरीमा पुगे लामा

१४ बैशाख २०७४, बिहीबार ०७:४१

काठमाडौँ । काठमाडौंको गौरीघाटमा  दावा लामा उर्फ (जितेन्द्र मान तामांग ) माथि केहि दिन अघि गोली प्रहार भयो। गोलि प्रहार बाट सख्त घाइते भएका लामा उपचारका क्रममा अझै अस्पतालमा नै  छन् । उनको कम्मरमा दुइ गोली लागेको परिवार स्रोतले बताएको छ ।

बिहान ९ बजेर २० मिनेटमा गोली प्रहार भयो। गोली प्रहार लगत्तै ९ बजेर ५० मिनेटमा काठमाडौँ प्रहरी प्रमुखलाई एउटा फोन आयो।

फोन गर्ने व्यक्तिले आफू हङकङमा रहेको मात्र बताएन् भर्खरै घटेको गोली हानिएको घटनाबारे समेत बोल्न थाल्यो।

‘मैले नै गोली हानेको हुँ’, फोन गर्नेको प्रहरीसँग दावी थियो। तर गोली कसले र किन चलायो भन्ने प्रश्नमा प्रहरी संग चित्त बुझ्दो उत्तर छैन ।

काठमाडौँका एसएसपी छविलाल जोशीले गोली प्रहारको घटनाको जिम्मा लिदैँ आफूलाई फोन आएको स्वीकार गरे। तर उनले ती फोन गर्ने व्यक्तिको पहिचान भने खुलाएनन्। यति मात्र भने ‘अनुसन्धान जारी छ’ ।

यता गोली प्रहार बाट सख्त घाइते बनेका दावा लामाले अस्पतालको शैयाबाट नै दोषी बिरुद्ध कारवाहीको माग गरेका छन् । उनले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दरखास्त गरेको बताईएको छ । उनले दिएको जाहेरीमा राजन श्रेष्ठ र राम गिरिले आफुलाई ज्यान मार्ने नियतले गोलि प्रहार गरेको आरोप लगाएका छन् । राम गिरि दरबारमार्गमा रहेको ‘डेभाजु’ डिस्कोका सन्चालक हुन् ।  आफु  बिरुद्ध झुट्टा मुद्दा लगाउदै आएका गिरीले नै ज्यान मार्ने नियतले गोली चलाउन लगाएको लामाको आरोप छ । कहिले काही भेटघाट हुदा कुनियतले हेर्ने धक्का दिने र आफ्नो दैनिक क्रियाकलापको समेत निगरानी राख्ने गिरीले नै हत्याको प्रयास गरेको लामाले जिकिर गरेका छन् ।

राम गिरी 

राजन श्रेष्ठ

यस्तो छ लामाले प्रहरीमा दिएको जाहेरीको पूर्ण पाठ :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ