२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

महिला हिंसा अन्त्यका लागि अपिल

२०७४, १४ बैशाख बिहीबार १३:२७

अमृत बास्तोला/बैशाख १४, तेह्रथुम । तेह्रथुमको आठराई क्षेत्रमा महिला हिंसाका घटनाहरु बढ्दै गएको भन्दै क्षेत्रिय महिला अधिकार मंच, आठराईले ध्यानकर्षण सहितको अपिल सार्वजानिक गरेको छ ।

बढ्दै गएको महिला हिंसा अन्त्य गरी महिलाहरुको सम्मान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न संक्रान्तिबजारमा महिला हिंसा विरुद्धको कार्यक्रम मार्पmत अपिल सार्वजानिक गरिएको क्षेत्रीय महिला अधिकार मंचका अध्यक्ष देवि माया भुजेलले जनाकारी दिनु भयोे ।

गत चैत्र १६ गते संक्रान्तिबजार ३ मा सरिता तामाङको मृत्यूको घटना आत्महत्या नभई हत्या भएको मृतकको आफन्त र छिमेकीहरुबाट आशंका र प्रकृति देखिएकोले अभियुक्तलाई यथाशिघ्र छानबिन गरी पीडितलाई न्याय र अपराधिलाई कानुनी कठघरामा ल्याउन समेत सरोकारवाला समक्ष महिला अधिकार मंचले अपिल गरेको छ । 

पीडित पक्ष प्रति कानुनी राज्य हराएको उल्लेख गर्दै महिलाहरु हिंसाको घटनाबाट त्रसित रहेकाले प्रत्येक व्याक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने सवैधानिक हकको सुनिश्चित गर्न राजनितिक दल, प्रहरी प्रशासन, नागरीक समाज, संचारकर्मी तथा मानव अधिकारकर्मी, स्थनीय समुदाय र आम सरोकारवालाहरुलाई महिला अधिकार मंचलले अपिल मार्फत आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश