४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसमा २ महिना पछि तालाबन्दि खुल्यो

१४ बैशाख २०७३, मंगलवार १२:१४

ललित बोहरा, बैशाख १४, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी २ महिना पछि मंङगलबार खुलेको छ ।

campus

आन्दोलनरत पाचँ बिद्यार्थी संगठनहरुले राखेको ७ बुदे माग पुरा गर्न क्याम्पस संग सम्झौता भएपछि ताला खोलिएको क्याम्पस बचाउ अभियानका संयोजक तथा अनेरास्ववियु डडेल्धुराका उपाध्क्षयले बताए । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा कान्छो आंगिक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा तालाबन्दी भएपछि महिनौँ देखि पठन–पाठन लगायतका सबै काम–काजहरु ठप्प भएका थिए ।

नेपाली काग्रेंस निकट केही कर्मचारी बिना सुचना, बिज्ञापन ,प्रकाशीत नगरी भर्ना गरेको, शिक्षकले २० पुर्णाकमा ४० नम्बर बिद्यार्थीलाई दिएको , लेखासाखाबाट नै १लाख ६० हजार चोरी भएको, कर्मचारीले यो क्याम्पसमा पढाई हुदैन यहाँ भर्ना नगर्नुस भने जस्ता अभिब्यक्ती,क्याम्पस प्रमुखलाई रकम नै नलेखेको चेकमा हस्ताक्षर गराउनु लगायतका अबैध क्रियाकपाको बिरुद्ध तालाबन्दी भएको थियो ।

क्याम्पस प्रमूख नेत्र प्रसाद पनेरुले आन्दोलित बिद्यार्थी सघंहरुका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो । क्याम्पस प्रमुखको स्वेच्छाचारी प्रवृत्तिले शैक्षिक वातावरण खस्किदै गएको भन्दै विद्यार्थी संगठनहरुले गत फागुन २१ गते देखि तालाबन्दी गरेका थिए ।

क्याम्पसबाट पास गरेर गएका बिद्यार्थीहरुले चारित्रिक प्रमाण–पत्र पाउन नसकेको, रजिष्ट्रेसन फारम भर्न नपाएको र सञ्चालन हुन लागेका बिभिन्न तहका परिक्षाहरु समेत प्रभावित हुन लागेको भन्दै बिद्यार्थी संगठनहरुले आज ताला खोलेका हुन । क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु छैंटौं र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त निर्णयले तालाबन्दी खोलेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण