२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्रमा बढीमा २५ प्रतिशत निजामती कर्मचारी रहने

२०७४, १५ बैशाख शुक्रबार ०८:३६

बैशाख १५, काठमाडौँ । सरकारले बढीमा २५ प्रतिशतमात्र केन्द्रमा निजामती कर्मचारी रहने गरी समायोजन गर्न थालेको छ । 

सामान्य प्रशासन मन्त्रालयले सङ्घीय संरचनामा बढीमा २५ प्रतिशत कर्मचारीमात्र रहने गरी समायोजन गर्न लागेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराउनुभयो । 

“अहिलेको सङ्घीय स्वरुपअनुसार हामीले २०–२५ प्रतिशत कर्मचारी केन्द्रमा राख्ने गरी समायोजनको खाका बनाएका छौँ”, उहाँले भन्नुभयो – “अन्य कर्मचारी भने प्रदेश र स्थानीय तहमा रहनेछन् ।” 

मन्त्रालयले केन्द्रमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्यौदा तयार पारेपछि कर्मचारीको समायोजन गर्दा केन्द्रबाट बचेका करिब ८० प्रतिशत कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउने योजना बनाएको छ । 

मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित समितिले केन्द्रीयस्तरमा रहने मन्त्रालय तथा निकायको स्वरुप तयार पार्न गठित कार्यदलले १६ वटा मन्त्रालय रहने मस्यौदा मुख्य सचिव डा सोमलाल सुवेदीलाई बुझाइसकेको छ । 

मन्त्रालयले कर्मचारी समायोजन ऐन, २०७३ स्वीकृतका लागि मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको प्रवक्ता न्यौपानेले बताउनुभयो । 

मन्त्रालयले विभिन्न मापदण्डका आधारमा कर्मचारीको समायोजन गर्ने तयारी गरेको छ । उहाँका अनुसार केन्द्रमा कार्यालय नभएका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउने, केन्द्र, प्रदेश र स्थानीय तहमा कहाँ जाने भनेर ज्येष्ठताका आधारमा रोजाउने, कर्मचारीको ठेगानाअनुसार पठाउनेजस्ता मापदण्ड तयार गरेको छ । 

हाल निजामती सेवामा करिब ८३ हजार कर्मचारी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !