बैशाख १७, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १७, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ ।&nb"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित

१७ बैशाख २०७४, आईतवार १३:२६

बैशाख १७, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ । 

स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्षा मन्त्रालयमा आवश्यक कारबाहीको लागि अनुरोध गरेको हो । 

वैशाख ९ गते मुस्ताङको कागबेनीमा तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा घाइतेको उपचार गर्न अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा आन्दोलनको कारण देखाइ चिकित्सकले उपचार गर्न इन्कार गरेपछि सरकारले यथार्थ बुझ्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा वैशाख १० गते तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

छानबिन समितिले सो घटनामा अस्पताल प्रशासन र चिकित्सक दुबै दोषी भएकाले कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो । नेपालको संविधानको धारा ३५ (१) मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा पाउने हकबाट वञ्चित गरिने छैन भन्ने सवैधानिक व्यवस्थालाई मिच्ने व्यक्ति, सङ्घसंस्थालाई कस्तो कानुनी कारर्बाही गर्ने भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएकाले अविलम्ब कानुन निर्माण प्रक्रिया सुरु गर्न मन्त्रालयको ऐन, नियम परामर्श शाखालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । 

स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार उपचारका लागि आएका घाइते बिरामीको सम्पूर्ण उपचारको व्यवस्था निःशुल्क रुपमा गर्न मणिपाल शिक्षण अस्पताल व्यवस्थापनलाई निर्देशन दिने निर्णय भएको पनि जानकारी दिनुभयो । 

मन्त्रालयले मणिपाल शिक्षण अस्पतालका निर्देशक तथा चिकित्सकलाई कारबाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिललाई भएकाले काउन्सिललाई १५ दिनभित्र नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा नियमावली २०२४ बमोजिम कारबाही प्रक्रिया अघि बढाई मन्त्रालयलाई जानकारी दिन निर्देशन दिएको छ । यस विषयमा कारवाहीबारे गृह मन्त्रालयलाई पनि अनुरोध गर्ने निर्णय छ । 

वैशाख ९ गते ड्युटीमा तोकिएका एवम् आन्दोलनरत चिकित्सक, स्वाथ्यकर्मीलगायतका कर्मचारीहरुलाई सो अस्पतालको सेवा शर्त नियमावली अनुसार १५ दिनभित्र कारवाही सम्पन्न गरी मन्त्रालयमा जानकारी गराउन निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता