२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सात ओटा सडकले एकैपटक अस्थाइ रुट परमिट पाउँदै

२०७४, १७ बैशाख आईतवार १६:१४

लोकेन्द्र प्रशाद जोशी | बैसाख १७, दार्चुला | यातायात ब्यबस्थापन समितिको जिल्लास्तरीय बैठकले दार्चुला जिल्लामा रहेका ७ ओटा सडकलाइ अस्थाइ बाटो निर्धारण र उक्त सडकहरुमा चल्ने सवारी साधनको भाडादर निर्धारण गरेको छ । 

यसअघि गत चैत्र १५ गते समितिको बैठकबाट गठन भएको प्राबिधिक समितिको प्रतिबेदनमाथी छलफल गरी सातओतै सडकहरुमा अस्थाइ सवारीसाधन सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको हो । हालसम्म अनुमति बिनै यि सडकहरुमा निर्बाधरुपमा जोखीम मोलेर यातायातका साधनहरु सञ्चालन भइरहेका छन । 

दार्चुला जिल्लाका बिटुले लटिनाथ पारीबगर कच्ची सडक १४ किलोमिटर, गोकुले देथला दल्लेख कच्ची सडक ३२ किलोमिटर, बागांबगड दल्लेख कच्ची सडक १९ किलोमिटर, मर्तोला जौलजिबि उकु कच्ची सडक ९ किलोमिटरलाइ अनुमतिका लागी सिफारीस गर्ने निर्णय भएको छ । यस्तै बागांबगड श्रीबगड कच्ची सडक ६ किलोमिटर, श्रीबगड राताकाठा कच्ची सडक १ किलोमिटर र तिमुरपाटा गरमौरा कच्ची सडक ११ किलोमिटरगरी कुल ७ ओटा सडक खण्डहरुलाइ अन्तीम अनुमतिका लागी यातायात बिभागमा सिफारीस गर्ने निर्णय गरीएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी बाशु प्रशाद कोइरालाले जानकारी दिनुभयो । 

श्रीबगड देखी राताकाठा १ किलोमिटरमा भने तत्काल सवारी आवागमन गर्न जोखीम रहेको भन्दै सवारी साधन सञ्चालनमा रोक लगाउँने निर्णय गरेको छ । साथै अन्य सडकहरुसमेत कच्ची भएकोले १० बर्षभित्रको सवारीसाधन मात्र चलाउँन पाउँने र पुरानो सवारी चलाएको पाइएमा काबार्ही गरीने सहमति भएको छ ।  

उक्त सडकहरुमा प्रतिकिलोमिटर ६ रुपैयाका दरले मात्र यात्रुहरुबाट भाडा लिन पाइने निर्णय भएको छ । यसअघि पनि प्रतिकिलोमिटर ६ रुपैयाका दरले भाडा कायम गरीएको भएपनि मनपरि भाडा असुल्ने गरेका गुनासाहरु आउँने गरेको भन्दै तोकीएको भन्दा बढी भाडा लीएको पाइएमा काबार्ही गरीने अस्थाइ ट्राफिक चेकपोष्ट खलंगाका प्रहरी सहायक निरिक्षक यज्ञराज पनेरुले बताउँनुभयो । 

यस्तै अस्थाइ रुपमा निर्धारण गरीएको बाटोमा सवारी साधन सञ्चालन गर्न इच्छुक यातायात ब्यबसायीहरुले प्रचलीत यातायात ब्यबस्था सम्बन्धी ऐन र नियमावलि बमोजिम सवारी साधनको बिबरण सहित जेठ १० गतेभित्र अनुमतिका लागी यातायात ब्यबसायिहरुलाइ अनुरोध गर्ने निर्णय गरीएको छ । 

जेठ १० गते पश्चात यात्रुहरुलाइ टिकट दिने, सवारी साधनमा भाडादरको सुचि अनिबार्य टास्न लगाउँने, फरक क्षमता भएका ब्याक्ती, जेष्ट नागरीक, एबं बिद्यार्थीहरुलाइ परिचयपत्रको आधारमा नेपाल सरकारले तोकेको छुट अनिवार्य रुपमा दिने र आरक्षण सिटको ब्यबस्था अनिवार्य कार्यान्वयन गर्ने यातायात ब्यबसायीहरुले प्रतिबद्धता समेत ब्यक्त गरेका छन । 

बैठकमा भएका निर्णय र प्रतिबद्धताहरु कार्यान्वयन नगर्ने यातायात ब्यबसायिहरुको अस्थाइ रुट अनुमति खारेज गरी सवारी साधन सञ्चालनमा रोक लगाउँनुका साथै प्रचलित कानुन बमोजिम काबार्ही गरीने समितिले निर्णय गरेको छ । 

यसैबिच अगामी जेठ ३१ गतेका लागी तय भएको स्थानिय तहको निर्बाचनमा सवारी साधनमा जथाभाबि यात्रु चढाउँने र ओराल्ने, अनुचित भाडा लिने, अनुमति भन्दा बढी यात्रु चढाउँने प्रबृति रोक्न यातायात ब्यबसायीहरुलाइ निर्देशन भएको छ । 

साथै यात्रुहरुको सामान्य झिटिझुन्टा र सरसमानको अलग्गै भाडा लिन नपाइने र उक्त गतिबिधिबारे प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा अनुगमन गरी प्रचलीत कानुन अनुसार कार्बाही अगाडी बढाइने जिल्ला प्रहरी प्रमुख डिएसपी केदार खनालले बताउँनुभयो । 

हालसम्म मापदन्ड बिपरीत यि सडकहरुमा यातायातका साधनहरु सञ्चालन भइरहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा