२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङका नायब सुब्बा घुससहित पक्राउ

२०७४, १८ बैशाख सोमबार ०२:४८

बैशाख १८, खोटाङ । अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । 

अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति ३५ हजारका दरले घुस लिने अस्पतालका नायब सुब्बा केदारनाथ खनाल आइतबार पक्राउ परेका हुन् । 

अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ । खनालले आवेदकबाट आफूले घुस लिएको स्वीकार गर्दै तत्काल सावाब्याज फिर्ता दिने बताएका छन् । 

पक्राउ परेका खनालका बारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले बताउनुभयो । “उनले कमजोरी गरेकै भन्ने बुझिएको छ”– उहाँले भन्नुभयो, “छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।” 

नासु खनालले आवेदकबाट घुस लिएको थाहा पाएपछि नेपाली काँग्रेस खोटाङले अस्पतालमा तालाबन्दी गरेको छ । भ्रष्टचारीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै काँग्रेसले आइतबार बिहानैदेखि अस्पतालमा तालाबन्दी गरेको हो । 

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेबको अस्थायी करार कोटा खुलाएको थियो । नासु खनालले घुस लिएका व्यक्ति कोही पनि नपरेपछि उक्त विषय बाहिर आएको थियो । 

तीस वर्ष लामो अवधिसम्म सेवा गरेका नासु खनाल यसै वर्ष अधिकृतको बढुवा लाइनमा रहेका अस्पताल स्रोतले जनाएको छ । दुई वर्षमात्र सेवा अवधि रहेका खनालको उक्त काण्डले जागिरसमेत धरापमा परेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !