२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

जलवायु तथा ऊर्जा योजना निर्माण अन्तिम चरणमा

१९ बैशाख २०७४, मंगलवार ०९:१०

बैशाख १९, तेह्रथुम । जलवायु अनुकुलित जनजीवन र पुर्वाधार विकासकालागि जिल्लामा पहिलो पटक निर्माण गर्न लागिएको जलवायु तथा ऊर्जा योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

नेपाल सरकार, जनसंख्या तथा बातावरण मन्त्रायल अन्तर्गत बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको प्राविधिक सहयोगमा जिल्ला समन्वय समितिले योजना निर्माण गर्न लागेको हो । ग्रामीण क्षेत्रमा ऊर्जा विकासकालागि राज्यको छुट्टै योजना तथा नीति नियमहरु नभएको अवस्थामा जिल्लालाई ऊर्जा क्षेत्रमा समृद्ध र बढ्दो जलवायु परिवर्तनसँग अनुकूलनकालागि ऊर्जा योजना बनाउन लागिएको हो । 

बैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले योजना निर्माणमा प्राविधिक सहयोग तथा परामर्शदाताको काम काठमाडौँको नेपाल ऊर्जा तथा वातावरण विकास सेवालाई दिएको छ । 

परामर्शदाताबाट जिल्लाको ऊर्जा, वातावरण तथा जलवायु परिवर्तनबाट परेको प्रभावको मुल्याकंन गरी जलवायु परिवर्तन अनुकूलन तथा ऊर्जा विकास सम्बन्धी योजनाहरु तयार गरिनेछ । योजना निर्माणको अन्तिम चरणमा मंगलबार जिल्ला स्तरीय कार्यशाला भएको छ । योजना निर्माणको ड्राफ्ट तयारीपछि सरोकारवालासँग छलफल गर्न कार्यशाला आयोजना गरिएको स्थानीय विकास अधिकारी तुलसीनाथ गौतमले बताउनुभयो । 

कार्यशालामा परामर्शदाता कम्पनीको तर्फबाट भुपेन्द्र दास र डा. सुदिप ठकुरीले सहजीकरण गर्नुभएको छ । जिल्लामा ऊर्जा क्षेत्रको विकास तथा जलवायु परिवर्तनको प्रभाव न्युनिकरण र अनुकुलनमा के–कस्ता रणनीतिहरु अपनाउने भन्ने सन्दर्भमा योजनाहरु निर्माण गरी जिल्ला योजना बनाउन लागिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र अन्तर्गत जिल्ला समन्वय समितिमा रहेको बातावरण, ऊर्जा तथा जलबायु परिवर्तन शाखाका प्रमुख इन्जिनियर मनोजकुमार चौधरीले बताउनुभयो । 

उक्त योजनामा जिल्लाबासीले जलवायु परिवर्तन अनुकूलनका लागि अपनाउन पर्ने योजना, विकास निर्माणका योजनाहरु सन्चालनका क्रममा ध्यान दिनुपर्ने पक्ष र नवीकरणीय ऊर्जा विकासका माध्यमहरुको खोजी र योजनाहरु लगायत विषय समेटिने उहाँले बताउनुभयो । जिल्लास्थित सरोकारवाला कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी कार्यक्रम स्थानीय विकास अधिकारी तुलसीनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य