पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख २०, भीमदत्तनगर ।</b> कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मङ्गलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ । <br></p><p>बसपार्कभित्र पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । </p><p>भारतीय नागरिक बङ्गाली बुबाआमासित यहाँको पुरानो बसपार्क क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ । बस प्रहरीले नियन्त्रणमा लिएको छ भने बालिकाको शवको घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस </p>

