२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु

२०७४, २० बैशाख बुधबार १२:३६

बैशाख २०, भीमदत्तनगर । यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन थालेको छ । 

सो कार्यालयले बुधबारदेखि यार्सा सङ्कलकलाई सो क्षेत्रमा प्रवेश गर्न अनुमतिपत्र दिन सुरु गरेको हो । कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै जारी गरेको यार्सा व्यवस्थापन निर्देशिका बमोजिम जिल्लामा यार्सा सङ्कलन गरिने बताउनुभयो । 

विभागले जारी गरेको निर्देशिकाअनुसार दार्चुलामा यसवर्ष यार्सा सङ्कलनका लागि प्रक्रिया नपु¥याएर हिँडेकालाई प्रक्रियागत ढङ्गबाट सङ्कलन गर्न जान आग्रहसहित सूचना जारी गरेको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत उपाध्यायले रासससित भन्नुभयो, केही दिनपछि यार्सा पाइने क्षेत्रमा पुगेर पनि अनुमतिपत्र दिनेछौँ । 

गत आर्थिक वर्षमा दार्चुलाबाट सात क्वीन्टल यार्सागुम्बा निकासी भएको सोे कार्यालयले जनाएको छ । आठ हजार चार सय ८८ जनाले सङ्कलन अनुमतिपत्र लिएर यार्सा सङ्कलन गरेको रेकर्ड छ । साढे आठ क्वीन्टल यार्सा गतवर्ष सङ्कलन भए पनि जिल्लाबाहिर सात क्वीन्टल निर्यात भएको देखिन्छ । व्यापारी तथा यार्सा सङ्कलकले सङ्कलित यार्सा बिक्री वितरण तथा पैठारी गर्न जिल्ला वन कार्यालयबाट प्रतिकिलो यार्साको रु २५ हजार राजस्व बुझाएर छुटपुर्जी लिनुपर्ने प्रावधान छ । 

सङ्कलकबाट यार्सा व्यापारीले १२ देखि १५ लाख रुपैयाँ प्रतिकोलोमा खरिद गर्छन् , भने रु २०÷२२ लाख प्रतिकिलोका दरले बिक्री वितरण गर्ने गरेको भेटिएको छ । दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, तितला, गुल्जर, ब्यास, राप्लालगायतका उच्च हिमाली भेग यार्सा सङ्कलन गरिन्छ । 

त्यसैगरी यार्सा पाइने सुदूरपश्चिमको अर्को जिल्ला बझाङमा भने यार्सा सङ्कलनका लागि जेठको पहिलो साताबाट सङ्कलन अनुमतिपत्र दिने बझाङ जिल्ला वन कार्यालयले तयारी गरेको छ । जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठले बझाङमा हालसम्म सङ्कलनका लागि स्थानीयवासी त्यसतर्फ नगएको जानकारी दिनुभयो । 

जेठको पहिलो सातादेखि सङ्कलनका लागि जान अनुमति दिने कुरो भएको वन अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँले गतवर्ष बझाङमा साढे तीन क्वीन्टल यार्सागुम्बा सङ्कलन भएको जानकारी दिनुभयो । 

बझाङको उच्च हिमाली भेग काँडा, धमेना, सुर्मा, लगायतका क्षेत्रमा यार्सा सङ्कलन गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी