२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु

२० बैशाख २०७४, बुधबार १२:३६

बैशाख २०, भीमदत्तनगर । यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन थालेको छ । 

सो कार्यालयले बुधबारदेखि यार्सा सङ्कलकलाई सो क्षेत्रमा प्रवेश गर्न अनुमतिपत्र दिन सुरु गरेको हो । कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै जारी गरेको यार्सा व्यवस्थापन निर्देशिका बमोजिम जिल्लामा यार्सा सङ्कलन गरिने बताउनुभयो । 

विभागले जारी गरेको निर्देशिकाअनुसार दार्चुलामा यसवर्ष यार्सा सङ्कलनका लागि प्रक्रिया नपु¥याएर हिँडेकालाई प्रक्रियागत ढङ्गबाट सङ्कलन गर्न जान आग्रहसहित सूचना जारी गरेको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत उपाध्यायले रासससित भन्नुभयो, केही दिनपछि यार्सा पाइने क्षेत्रमा पुगेर पनि अनुमतिपत्र दिनेछौँ । 

गत आर्थिक वर्षमा दार्चुलाबाट सात क्वीन्टल यार्सागुम्बा निकासी भएको सोे कार्यालयले जनाएको छ । आठ हजार चार सय ८८ जनाले सङ्कलन अनुमतिपत्र लिएर यार्सा सङ्कलन गरेको रेकर्ड छ । साढे आठ क्वीन्टल यार्सा गतवर्ष सङ्कलन भए पनि जिल्लाबाहिर सात क्वीन्टल निर्यात भएको देखिन्छ । व्यापारी तथा यार्सा सङ्कलकले सङ्कलित यार्सा बिक्री वितरण तथा पैठारी गर्न जिल्ला वन कार्यालयबाट प्रतिकिलो यार्साको रु २५ हजार राजस्व बुझाएर छुटपुर्जी लिनुपर्ने प्रावधान छ । 

सङ्कलकबाट यार्सा व्यापारीले १२ देखि १५ लाख रुपैयाँ प्रतिकोलोमा खरिद गर्छन् , भने रु २०÷२२ लाख प्रतिकिलोका दरले बिक्री वितरण गर्ने गरेको भेटिएको छ । दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, तितला, गुल्जर, ब्यास, राप्लालगायतका उच्च हिमाली भेग यार्सा सङ्कलन गरिन्छ । 

त्यसैगरी यार्सा पाइने सुदूरपश्चिमको अर्को जिल्ला बझाङमा भने यार्सा सङ्कलनका लागि जेठको पहिलो साताबाट सङ्कलन अनुमतिपत्र दिने बझाङ जिल्ला वन कार्यालयले तयारी गरेको छ । जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठले बझाङमा हालसम्म सङ्कलनका लागि स्थानीयवासी त्यसतर्फ नगएको जानकारी दिनुभयो । 

जेठको पहिलो सातादेखि सङ्कलनका लागि जान अनुमति दिने कुरो भएको वन अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँले गतवर्ष बझाङमा साढे तीन क्वीन्टल यार्सागुम्बा सङ्कलन भएको जानकारी दिनुभयो । 

बझाङको उच्च हिमाली भेग काँडा, धमेना, सुर्मा, लगायतका क्षेत्रमा यार्सा सङ्कलन गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला