२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिद्यार्थी र प्रशासनबीच तीन घण्टा लोडसेडिङ गर्ने सहमती

२३ भाद्र २०७२, बुधबार १८:३४

kanchanpur newsभाष्कर के.सी । भदौ २४, कञ्चनपुर । कञ्चनपुर जिल्लालाइ लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राख्दै आएका ६ बिद्यार्थी संगठनहरुले बुधवार कञ्चनपुर जिल्ला बन्दको घोषणा गरेका छन् । बन्दका कारण बजार क्षेत्र, उद्योग धन्दा, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प भएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बिद्यार्थीहरुले बा २ प १४८० नम्बरको मोटरसाइकल तोडफोड गरेका छन्, महेन्द्रनगरको गल्ली नं. ४ स्थीत दुर्गे वर्षा होटलको दुधको डेग आन्दोलनकारीले पल्टाउदा डेगमा रहेको दुध नष्ट भएको छ । त्यसै गरी बन्द गराउदै हिडेका विद्यार्थीमाथि बर्षपार्क नजिक रहेको दाजु भाई फाष्टफुडका सञ्चालक नरेन्द्र भण्डारीले फ्राईबिनले हाने पछि सुप विश्वविद्यालयको शिद्धनाथ बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारीका इकाई अध्यक्ष केशव भट्टको टाउकोमा पाँच टाँका लागेको छ । लोडसेडिङ्ग मुक्त जिल्ला घोषणको माग गर्दै बिद्यार्थीहरुले ४ दिन अघि नेपाल बिद्युत प्राधिकरणका अनिश्चितकालिन तालाबन्दी गरेका थिए । बिद्युत कार्यालयमा घेराउ गर्दै आएका बिद्यार्थीहरुले त्यसले पनि आफना मागको बारेमा सुनुवाइ नभएको भन्दै आज कञ्चनपुर जिल्ला बन्दको घोषणा गरेका हुन् ।

नेविसंघ, अनेरास्ववियु, एमाओवादी, बैद्य माओवादी र विप्लव माओवादी निकट अखिल क्रान्तिकारी अखिल छैटौ लगायतका ६ वटा बिद्यार्थी संगठनहरुले आन्दोलन गरेका छन् भने नेविसंघको देउवा पक्ष र राप्रपा नेपाल पक्षले भने अनिश्चतकाल रिले अनसन गरेर लोडसेडिङ्ग विरुद्ध आन्दोलनमा उत्रेका थिए ।

२०६५ साल २०६६ साल र २०६८ सालमा पनि पटक पटक लोडसेडिङ्ग मुक्त बनाउने बिषयमा सम्र्झौता भएको थियो र सो अनुरुप केहि समय लोडसेडिङ्ग पनि हटाइएको थियो तर पछिल्लो समयमा ५ घण्टा लोडसेडिङ्गको समय तालिका रहेको भएपनि ८ देखि १० घण्टा सम्म बिद्युत कटौती हुदै आइरहेको छ । बिगतको सम्झौतालाइ कार्यान्वयन गर्दै लोडसेडिङ्ग हटाउनुपर्ने बिद्यार्थीहरुको माग रहेको थियो । विद्यार्थीहरुको यस आन्दोलनमा व्यापारी, उद्योगी, सबैको मौन समर्थन रहेको थियो । यसैगरी बुधबार बसेको विद्यार्थी संगठन, जिल्ला प्रशासन कार्यालयका निमित्त जिल्ला प्रमुख, विद्युत प्राधिकरणका कर्मचारीहरुको बैठकले पांच घण्टाबाट लोडसेडिङ्ग घटाएर तीन घण्टामा पुर्याउन सहमती भएको र ६ विद्यार्थी संगठन, जिल्ला प्रशासन र प्राधिकरणका इन्जिनियर र प्राधिकरण विशेसज्ञ गरि ९ जनाको संयुक्त कार्यदल गठन भएको छ । यस कार्यदलले जिल्ला कंचनपुलाई लोडसेडिङ्गमुक्त बनाउन सकिन्छ कि सकिन्न भनेर सबै कुराको अवलोकन गरि एक हप्ताभित्र प्रतिवेदन तयार गर्नेछ भनेर नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष सि.के.भट्टले बताउनु भयो ।

उत्पादित क्षेत्रका जनताहरुले अग्राधिकार पाउनुपर्ने भन्दै महाकालीबाट निकालिएको बिजुलि उपभोग गर्ने पहिलो अधिकार कञ्चनपुर बासिको रहेको उनिहरुको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला