२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिद्यार्थी र प्रशासनबीच तीन घण्टा लोडसेडिङ गर्ने सहमती

२०७२, २३ भाद्र बुधबार १८:३४

kanchanpur newsभाष्कर के.सी । भदौ २४, कञ्चनपुर । कञ्चनपुर जिल्लालाइ लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राख्दै आएका ६ बिद्यार्थी संगठनहरुले बुधवार कञ्चनपुर जिल्ला बन्दको घोषणा गरेका छन् । बन्दका कारण बजार क्षेत्र, उद्योग धन्दा, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प भएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बिद्यार्थीहरुले बा २ प १४८० नम्बरको मोटरसाइकल तोडफोड गरेका छन्, महेन्द्रनगरको गल्ली नं. ४ स्थीत दुर्गे वर्षा होटलको दुधको डेग आन्दोलनकारीले पल्टाउदा डेगमा रहेको दुध नष्ट भएको छ । त्यसै गरी बन्द गराउदै हिडेका विद्यार्थीमाथि बर्षपार्क नजिक रहेको दाजु भाई फाष्टफुडका सञ्चालक नरेन्द्र भण्डारीले फ्राईबिनले हाने पछि सुप विश्वविद्यालयको शिद्धनाथ बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारीका इकाई अध्यक्ष केशव भट्टको टाउकोमा पाँच टाँका लागेको छ । लोडसेडिङ्ग मुक्त जिल्ला घोषणको माग गर्दै बिद्यार्थीहरुले ४ दिन अघि नेपाल बिद्युत प्राधिकरणका अनिश्चितकालिन तालाबन्दी गरेका थिए । बिद्युत कार्यालयमा घेराउ गर्दै आएका बिद्यार्थीहरुले त्यसले पनि आफना मागको बारेमा सुनुवाइ नभएको भन्दै आज कञ्चनपुर जिल्ला बन्दको घोषणा गरेका हुन् ।

नेविसंघ, अनेरास्ववियु, एमाओवादी, बैद्य माओवादी र विप्लव माओवादी निकट अखिल क्रान्तिकारी अखिल छैटौ लगायतका ६ वटा बिद्यार्थी संगठनहरुले आन्दोलन गरेका छन् भने नेविसंघको देउवा पक्ष र राप्रपा नेपाल पक्षले भने अनिश्चतकाल रिले अनसन गरेर लोडसेडिङ्ग विरुद्ध आन्दोलनमा उत्रेका थिए ।

२०६५ साल २०६६ साल र २०६८ सालमा पनि पटक पटक लोडसेडिङ्ग मुक्त बनाउने बिषयमा सम्र्झौता भएको थियो र सो अनुरुप केहि समय लोडसेडिङ्ग पनि हटाइएको थियो तर पछिल्लो समयमा ५ घण्टा लोडसेडिङ्गको समय तालिका रहेको भएपनि ८ देखि १० घण्टा सम्म बिद्युत कटौती हुदै आइरहेको छ । बिगतको सम्झौतालाइ कार्यान्वयन गर्दै लोडसेडिङ्ग हटाउनुपर्ने बिद्यार्थीहरुको माग रहेको थियो । विद्यार्थीहरुको यस आन्दोलनमा व्यापारी, उद्योगी, सबैको मौन समर्थन रहेको थियो । यसैगरी बुधबार बसेको विद्यार्थी संगठन, जिल्ला प्रशासन कार्यालयका निमित्त जिल्ला प्रमुख, विद्युत प्राधिकरणका कर्मचारीहरुको बैठकले पांच घण्टाबाट लोडसेडिङ्ग घटाएर तीन घण्टामा पुर्याउन सहमती भएको र ६ विद्यार्थी संगठन, जिल्ला प्रशासन र प्राधिकरणका इन्जिनियर र प्राधिकरण विशेसज्ञ गरि ९ जनाको संयुक्त कार्यदल गठन भएको छ । यस कार्यदलले जिल्ला कंचनपुलाई लोडसेडिङ्गमुक्त बनाउन सकिन्छ कि सकिन्न भनेर सबै कुराको अवलोकन गरि एक हप्ताभित्र प्रतिवेदन तयार गर्नेछ भनेर नेपाल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष सि.के.भट्टले बताउनु भयो ।

उत्पादित क्षेत्रका जनताहरुले अग्राधिकार पाउनुपर्ने भन्दै महाकालीबाट निकालिएको बिजुलि उपभोग गर्ने पहिलो अधिकार कञ्चनपुर बासिको रहेको उनिहरुको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने