४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाका प्रायः मतदान केन्द्र तथा निर्वाचन कार्यालय सम्पर्कविहीन

२१ बैशाख २०७४, बिहीबार ०७:४०

बैशाख २१, डोल्पा । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् । 

डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्र कुनै पनि फोन सेवा नभएकाले निर्वाचन गतिविधिका विषयमा कुनै पनि जानकारी लिन दिन ठूलो समस्या भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले बताउनुभयो । 

निर्वाचनसम्बन्धी गतिविधिको सम्पूर्ण जानकारी प्रहरीबाटै लिने गरेका छौँ, जिल्लाका ६६ वटा मतदान केन्द्रमध्ये सदरमुकाम आसपासका केही निर्वाचन कार्यालयमा फोन सम्पर्क हुने गरेपनि जिल्लाका अधिकांश निर्वाचन कार्यालय तथा मतदान केन्द्र सम्पर्कविहीन छन् – बुढाले भन्नुभयो । 

एक वा दुई दिनपछि प्रहरीको आन्तरिक सञ्चारबाट खबर आउने गरेको छ यसै सूचनाका आधारमा निर्वाचनसम्बन्धी सूचना पाउने गर्छौं –बुढाले थप्नुभयो । 

फोन सम्पर्क नहुँदा स्थानीय निर्वाचन गराउन ठाउँ ठाउँमा खटिएका कर्मचारीको समेत अवस्था बुझ्न नसकिएको उहाँले बताउनुभयो । उपल्लो डोल्पाका तीनवटै गाउँपालिकामा नेपाल टेलिकमको कुनै पनि मोबाइल सेवा छैन भने ठाउँठाउँमा राखिएको भिस्याट फोन पनि सञ्चालनमा आउन सकेका छैनन् । सञ्चार सुविधाको अभावमा उपल्लो डोल्पा तथा तल्लो डोल्पाका क्षेत्र वर्षांैदेखि सञ्चारविहीन हुँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता