२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाका प्रायः मतदान केन्द्र तथा निर्वाचन कार्यालय सम्पर्कविहीन

२०७४, २१ बैशाख बिहीबार ०७:४०

बैशाख २१, डोल्पा । दुर्गम जिल्ला डोल्पाका अधिकांश मतदान केन्द्र तथा निर्वाचन कार्यालयहरु फोन सम्पर्कविहीन छन् । 

डोल्पाको मध्यभेगमा पर्ने केही मतदान केन्द्रबाहेक उपल्लो डोल्पाका २२ वटा तथा तल्लो सबैजसो मतदान केन्द्र कुनै पनि फोन सेवा नभएकाले निर्वाचन गतिविधिका विषयमा कुनै पनि जानकारी लिन दिन ठूलो समस्या भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले बताउनुभयो । 

निर्वाचनसम्बन्धी गतिविधिको सम्पूर्ण जानकारी प्रहरीबाटै लिने गरेका छौँ, जिल्लाका ६६ वटा मतदान केन्द्रमध्ये सदरमुकाम आसपासका केही निर्वाचन कार्यालयमा फोन सम्पर्क हुने गरेपनि जिल्लाका अधिकांश निर्वाचन कार्यालय तथा मतदान केन्द्र सम्पर्कविहीन छन् – बुढाले भन्नुभयो । 

एक वा दुई दिनपछि प्रहरीको आन्तरिक सञ्चारबाट खबर आउने गरेको छ यसै सूचनाका आधारमा निर्वाचनसम्बन्धी सूचना पाउने गर्छौं –बुढाले थप्नुभयो । 

फोन सम्पर्क नहुँदा स्थानीय निर्वाचन गराउन ठाउँ ठाउँमा खटिएका कर्मचारीको समेत अवस्था बुझ्न नसकिएको उहाँले बताउनुभयो । उपल्लो डोल्पाका तीनवटै गाउँपालिकामा नेपाल टेलिकमको कुनै पनि मोबाइल सेवा छैन भने ठाउँठाउँमा राखिएको भिस्याट फोन पनि सञ्चालनमा आउन सकेका छैनन् । सञ्चार सुविधाको अभावमा उपल्लो डोल्पा तथा तल्लो डोल्पाका क्षेत्र वर्षांैदेखि सञ्चारविहीन हुँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !