२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

२५ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस कञ्चनपुरमा मनाइयो

२०७२, १५ आश्विन शुक्रबार ०२:३४

भाष्कर के.सी । असोज १४, कञ्चनपुर । जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले २५ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस पारेर आफ्नो दोस्रो साधरण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।

भिमदत्तनगर पालिका वार्ड नं. १८ वरपीपल निकट रहेको राधाकृष्ण मन्दिरमा भएको सो कार्याक्रम जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका अध्यक्ष गंगाराम गिरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष भवानी शंकर खरेल एवं विशिष्ट अतिथीमा केन्द्रिय सदस्य रमेश अर्याल हुनुहुन्थ्यो ।

स्वागत मन्तव्य दिदै पूर्व जिशिअ देवीदत्त भट्टले आफ्नो मन्तव्यको क्रममा जेष्ट नागरिकले समाज सेवा गर्नु पर्ने, आफुले आर्जन गरेको शिप युवाहरुलाई दिनुपर्ने, हामी सँग बौद्धिक ज्ञान छ भने त्यसको समाज सेवामा प्रयोग गर्नु पर्ने बताउनु भयो । आफ्नो लागि पनि केही रकम जम्मा गरेर राख्नु पर्ने, अहिलेको समयमा सम्पन्न घरका परिवारका सदस्य पनि वृद्धआश्रममा आश्रय लिन बाध्य भएको देखिन आएकोले आफनो लागि पनि केही रकम जम्मा गर्नु पर्ने भट्टले बताउनु भयो ।

त्यसै गरी आफ्नो मन्तव्य दिने क्रममा वृद्धआश्रमकी सञ्चालक सारदा चन्दले पनि वृद्ध वृद्धा घरमै अपहेलित छन्, घरमा बस्न नसक्ने वातावरण भएर वृद्धआश्रममा आउनु भएको हुन्छ । जुन बेलामा हेरचाह, स्यार सुसार, मिठो मसिनो खानेकुरा खानेबेला र छोराछोरीको आवश्यता हुन्छ, त्यसै बेलामा घरबाट अपहेलित भएर बस्नु पर्ने हुन्छ । त्यसैले यस्ता जेष्ठ नागरिकको हकहितमा लडिरहेको बताउनु भयो ।
उक्त कार्यक्रममा भि.न.पा.१८की जेष्ठ नागरिक गंगादेवी भट्ट वर्ष ९९ र भि.न.पा.१८का अर्जुन चन्द ९८ लाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । कोषाध्यक्ष गम्भिर सिह विष्टले संस्था लाई विशेष योगदानका लागि र केन्द्रबाट पहिलो आजीवन सदस्य तारा सिह विष्टलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका सचिव गोविन्द सिह विष्टले प्रतिवेदन पेस गर्दै वहाँले सेवा निवृत जेष्ठ नागरिक पनि यस संस्थामा रहेकाले कुनै पनि बेला देशको सेवा गर्न आवश्य परेमा सेवा गर्न तयार रहेको भन्दै जेष्ठ नागरिकका विभिन्न मागहरु रहेको मध्ये अस्पताल मा उपचार खर्च निःशुल्क हुनु पर्ने यातायातमा पनि ५०प्रतिशत छुटको व्यवस्था हुनु पर्ने वृद्ध भत्ता पनि नेपाल सरकारले बृद्धि हुनु पर्ने जस्ता माँग रहेको बताउनु भयो । साथै कोषध्यक्ष गम्भीर सिह विष्टले आ.व.०७१÷०७२को आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन राम दत्त जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा