२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

२५ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस कञ्चनपुरमा मनाइयो

१५ आश्विन २०७२, शुक्रबार ०२:३४

भाष्कर के.सी । असोज १४, कञ्चनपुर । जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले २५ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस पारेर आफ्नो दोस्रो साधरण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।

भिमदत्तनगर पालिका वार्ड नं. १८ वरपीपल निकट रहेको राधाकृष्ण मन्दिरमा भएको सो कार्याक्रम जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका अध्यक्ष गंगाराम गिरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष भवानी शंकर खरेल एवं विशिष्ट अतिथीमा केन्द्रिय सदस्य रमेश अर्याल हुनुहुन्थ्यो ।

स्वागत मन्तव्य दिदै पूर्व जिशिअ देवीदत्त भट्टले आफ्नो मन्तव्यको क्रममा जेष्ट नागरिकले समाज सेवा गर्नु पर्ने, आफुले आर्जन गरेको शिप युवाहरुलाई दिनुपर्ने, हामी सँग बौद्धिक ज्ञान छ भने त्यसको समाज सेवामा प्रयोग गर्नु पर्ने बताउनु भयो । आफ्नो लागि पनि केही रकम जम्मा गरेर राख्नु पर्ने, अहिलेको समयमा सम्पन्न घरका परिवारका सदस्य पनि वृद्धआश्रममा आश्रय लिन बाध्य भएको देखिन आएकोले आफनो लागि पनि केही रकम जम्मा गर्नु पर्ने भट्टले बताउनु भयो ।

त्यसै गरी आफ्नो मन्तव्य दिने क्रममा वृद्धआश्रमकी सञ्चालक सारदा चन्दले पनि वृद्ध वृद्धा घरमै अपहेलित छन्, घरमा बस्न नसक्ने वातावरण भएर वृद्धआश्रममा आउनु भएको हुन्छ । जुन बेलामा हेरचाह, स्यार सुसार, मिठो मसिनो खानेकुरा खानेबेला र छोराछोरीको आवश्यता हुन्छ, त्यसै बेलामा घरबाट अपहेलित भएर बस्नु पर्ने हुन्छ । त्यसैले यस्ता जेष्ठ नागरिकको हकहितमा लडिरहेको बताउनु भयो ।
उक्त कार्यक्रममा भि.न.पा.१८की जेष्ठ नागरिक गंगादेवी भट्ट वर्ष ९९ र भि.न.पा.१८का अर्जुन चन्द ९८ लाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । कोषाध्यक्ष गम्भिर सिह विष्टले संस्था लाई विशेष योगदानका लागि र केन्द्रबाट पहिलो आजीवन सदस्य तारा सिह विष्टलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका सचिव गोविन्द सिह विष्टले प्रतिवेदन पेस गर्दै वहाँले सेवा निवृत जेष्ठ नागरिक पनि यस संस्थामा रहेकाले कुनै पनि बेला देशको सेवा गर्न आवश्य परेमा सेवा गर्न तयार रहेको भन्दै जेष्ठ नागरिकका विभिन्न मागहरु रहेको मध्ये अस्पताल मा उपचार खर्च निःशुल्क हुनु पर्ने यातायातमा पनि ५०प्रतिशत छुटको व्यवस्था हुनु पर्ने वृद्ध भत्ता पनि नेपाल सरकारले बृद्धि हुनु पर्ने जस्ता माँग रहेको बताउनु भयो । साथै कोषध्यक्ष गम्भीर सिह विष्टले आ.व.०७१÷०७२को आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन राम दत्त जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला