२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरेको विरोधमा सिचाँई मन्त्री एन. पि. सावदको पुत्ला दहन

२०७२, १९ आश्विन मंगलवार १४:३०

भाष्कर के.सी,असोज १९,कञ्चनपुर /असोज १४ गते बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम /परिवर्तन गरी द्वारिकादेवी ठकुरानी नामाकरण गरेपछि विराध जनाउदै आईरहको विद्यार्थी संगठनले मंगलबार राँके जुलुस सहित विरोध प्रर्दशन गरेका छन् ।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी सम्बद्ध दुई क्रान्तिकारी विद्यार्थी सङ्गठन र अखिल छैटौले संयुक्तरुपमा आज पुष्पलाल चौक देखि मदन चोक सम्म नारा साथै राँके जुलुस निकाली विरोध जनाएका छन् ।

kanchanpur1
पाँच विद्यार्थी सङ्गठनले निकालेको सो राँके जलुसले मदन चौकमा पुगी सिचाई मन्त्री एन.पि.साउँदको पुत्ला दहन गरेका थिए, भने शिक्षामन्त्री चित्रलेखा यादवको फोटो जलाई विरोध जनाएका थिए ।

उनीहरुले सुदूरपश्चिम विश्वविद्यालयको नाम यथावत् राख्नुपर्ने मागसमेत गरेका छन् । सुदूरपश्चिमको ९ वटै जिल्लाको पहिचान गर्ने गरि राखिएको विश्वविद्यालयको नाम परिवर्तन गरि द्वारिका देवी ठकुरानी राखिएकोले यो आन्दोलन गर्न बाध्य भएको अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य जिल्ला इन्चार्ज विष्णु प्रसाद उपाध्यायले बताउनु भयो ।

विवादै विवाद भएको सुदूरपश्चिम विश्वविद्यालयको ऐनमा भएको कार्यहरुको कार्यान्वयन गर्नु पर्ने, सिद्धनाथ विज्ञान क्याम्पसको समायोजन गर्नु पर्ने, काम नगरि कसैले नमागेको बखेडा झिकेर नेपाली काग्रेसका सभासदहरुले विश्वविद्यालयलाई धरासायी बनाउन यस्तो कार्य गरेकोे अनेरास्ववियुका केन्द्रिय सदस्य धर्मानन्द भट्टले बताउनु भयो । त्यसैगरी द्वारिका देवीको यस विश्वविद्यालयलाई कुनै योगदान र भूमिका नरहेको अनेरास्ववियूका अध्यक्ष ओम बस्नेतले बताउनु भयो ।

साथै पाँच विद्याथी संगठनले विहिबार शैक्षिक संस्था, सरकारी कार्यालय र सरकारी कार्यालयका यातायत ठप्प पार्ने क्रान्तिकारीका जिल्ला इन्चार्ज उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से