२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरेको विरोधमा सिचाँई मन्त्री एन. पि. सावदको पुत्ला दहन

१९ आश्विन २०७२, मंगलवार १४:३०

भाष्कर के.सी,असोज १९,कञ्चनपुर /असोज १४ गते बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम /परिवर्तन गरी द्वारिकादेवी ठकुरानी नामाकरण गरेपछि विराध जनाउदै आईरहको विद्यार्थी संगठनले मंगलबार राँके जुलुस सहित विरोध प्रर्दशन गरेका छन् ।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी सम्बद्ध दुई क्रान्तिकारी विद्यार्थी सङ्गठन र अखिल छैटौले संयुक्तरुपमा आज पुष्पलाल चौक देखि मदन चोक सम्म नारा साथै राँके जुलुस निकाली विरोध जनाएका छन् ।

kanchanpur1
पाँच विद्यार्थी सङ्गठनले निकालेको सो राँके जलुसले मदन चौकमा पुगी सिचाई मन्त्री एन.पि.साउँदको पुत्ला दहन गरेका थिए, भने शिक्षामन्त्री चित्रलेखा यादवको फोटो जलाई विरोध जनाएका थिए ।

उनीहरुले सुदूरपश्चिम विश्वविद्यालयको नाम यथावत् राख्नुपर्ने मागसमेत गरेका छन् । सुदूरपश्चिमको ९ वटै जिल्लाको पहिचान गर्ने गरि राखिएको विश्वविद्यालयको नाम परिवर्तन गरि द्वारिका देवी ठकुरानी राखिएकोले यो आन्दोलन गर्न बाध्य भएको अखिल क्रान्तिकारीको केन्द्रिय सदस्य जिल्ला इन्चार्ज विष्णु प्रसाद उपाध्यायले बताउनु भयो ।

विवादै विवाद भएको सुदूरपश्चिम विश्वविद्यालयको ऐनमा भएको कार्यहरुको कार्यान्वयन गर्नु पर्ने, सिद्धनाथ विज्ञान क्याम्पसको समायोजन गर्नु पर्ने, काम नगरि कसैले नमागेको बखेडा झिकेर नेपाली काग्रेसका सभासदहरुले विश्वविद्यालयलाई धरासायी बनाउन यस्तो कार्य गरेकोे अनेरास्ववियुका केन्द्रिय सदस्य धर्मानन्द भट्टले बताउनु भयो । त्यसैगरी द्वारिका देवीको यस विश्वविद्यालयलाई कुनै योगदान र भूमिका नरहेको अनेरास्ववियूका अध्यक्ष ओम बस्नेतले बताउनु भयो ।

साथै पाँच विद्याथी संगठनले विहिबार शैक्षिक संस्था, सरकारी कार्यालय र सरकारी कार्यालयका यातायत ठप्प पार्ने क्रान्तिकारीका जिल्ला इन्चार्ज उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला