२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा फुटबल प्रतियोगिता शुरु

२६ आश्विन २०७२, मंगलवार १३:३४

विमल धामी, असोज २६, कञ्चनपुर / कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा फुटबल प्रतियोगिता शुरु भएको छ । मंगलबार बेल्डाँडी नगर फुटबल कपको एक कार्यक्रमका विच व्यवस्थापिका संसदका सदस्य दिवान सिह विष्टले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा व्यवस्थापिका संसदका सदस्य विष्टले दक्षिणी क्षेत्रको खेलकुद विकासका लागि आफ्नो क्षेत्रमा सक्दो पहल गर्ने आवश्वान दिनुभयो । ‘तपाईहरु बेल्डाँडीमा जमिन खोज्नुहोस लगानी म गर्छु ।’, उनले भने ‘तब मात्रै यस क्षेत्रको खेलकुद क्षेत्रको विकास हुन्छ ।’ उद्घाटन समारोहमा दक्षिणी क्षेत्रका युवा राजनितिकर्मीहरुले दक्षिणी क्षेत्रको खेलकुद विकासका लागि राज्यले पहल समेत नगरेको गुनासो गरेका छन् ।

काँग्रेस निकट युवा पुष्प पण्डितले दक्षिणी क्षेत्रको खेलकुद विकास गर्नुपर्नेमा जोडदिएका छन् । राष्ट्रिय जनर्माचाका युवा नेता अभिमान सिह थापाले पनि खेलकुद मनोरन्जनका लागि सिमित नभई समग्र राष्ट्र विकासका लागि हुनुपर्नेमा जोडदिए । बेल्डाँडी ब्याईज यूनियन क्लबको आयोजनामा शुरु भएको ‘नगर फुटबल कफ प्रतियोगिता २०७२’ मा २२ टिमले सहभागिता जनाएका छन् । ब्याईज यूनियन क्लबका अध्यक्ष गज बहादुर विष्टले नेपालीहरुको महान चाड पर्व दशैँ–तिहारका अवसरमा फुटबल प्रतियोगिता राखिएको जानकारी दिनुभयो । उद्घाटनमा खप्तड युवा समाज र शुक्लाफाँटा युवा क्लब विच प्रतिस्पर्धा भईरहेको छ ।

दक्षिणी क्षेत्र जोड्ने सडक सुधार हुन नसक्दा दुरी कम भएपनि टाढा रहेका खेलाहरुको हौसला र खेल क्षेत्रको विकास गर्नका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विष्टको भनाई छ । ‘प्रतियोगिताले यस क्षेत्रका खेलाहरुको समाजिकत्व र बौद्धिक विकास हुन्छ ।’, उनले भने । प्रतियोगितमा प्रथम हुने टिमलाई नगर २५ हजार १११ रुपौँयाका साथ ट्रफि, प्रमाण पत्र दिईने छ । यस्तै उप विजेतालाई टिमलाई नगद १२ हजार ५०० नगदका साथै प्रमाण पत्र दिईने छ । अनुसाशित उकृष्ठ खेलाडीलाई समेत पुरुस्कार दिने व्यवस्था गरिएको छ । प्रतियोगिता दशैँसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने