२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पत्रकार विमल धामी सम्मानित

२८ आश्विन २०७२, बिहीबार १२:४६

असोज २८, कञ्चनपुर । बेल्डाँडीका स्थानिय पत्रकार विमल धामी सम्मानित हुनु भएको छ । बिहीबार बेल्डाँडी नगरपालिका कार्यालय उद्घाटन समारोहमा पत्रकार धामी सम्मानित हुनु भएको हो । बेल्डाँडी नगरपालिका कार्यालयका निमित्त कार्याकारी अधिकृत राज बहादुर विष्टले दक्षिणी ग्रामिण क्षेत्रका समस्या उठान गरि ग्रामिण क्षेत्रको विकास र नागरिकहरुलाई सचेत गराउन भूमिका निर्वाह गरेको भन्दै पत्रकार धामीलाई व्यवस्थापिका संसद सदस्य दिवासन सिह विष्टले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
bimal dhami

पत्रकार धामीलाई सम्मानका साथै नगद रु.५ हजार १५१ रुपौँयाका साथै कापि,कलम दिएको सम्मानित गरेको निमित्त कार्यकारी अधिकृत विष्टले बताउनुभयो । ‘ग्रामिण क्षेत्रको विकासका लागि पत्रकार धामीले खेलेको भूमिकाको कदर गर्दै नगरपालिकाले यस्तो गरेको हो ।’, उनले भने । ‘बेल्डाँडीलाई छुट्टै नगरपालिका बनाउका लागि समेत धामीले संचार क्षेत्रबाट विषेश भूमिका निर्वाह गरेका थिए ।’ स्थानिय पत्रकारहरुको हौसला प्रदान गर्नका लागि समेत सम्मानका साथै पुरस्कृत गरेको निमित्त कार्याकारी अधिकृत विष्टले बताउनुभयो ।

पत्रकार धामी महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिक र बेलौरीबाट प्रसारित हुने रेडियो सुदूर संचार लगायत विभिन्न संचार माध्यममा आबद्ध हुनुहुन्छ । सम्मानितका साथै पुरस्कृत हुनु भएका पत्रकार धामीले आफुले ग्रामिण विकासका लागि कलम चलाउनका थप उर्जा मिलेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु