२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शंकरपुर र रैकबार विचुवामा हात्ति आतङ्क कामयै

२०७२, १ कार्तिक आईतवार १२:०९

पहिलाद राना/कात्तिक १, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र शंकपुर र रैकबारविचुवामा धानको सिजनमा हात्ति आतङ्क कायमै रहेको छ । विगत महिना दिन देखी उक्त क्षेत्रमा हात्ति आतङ्क कायमै रहेको स्थानियहरुले बताएका छन् ।

भारतीय नेशनल पार्क दुधुवाबाट आएका हात्तिहरुको बथानले उक्त क्षेत्रका स्थानिय कृषकहरुको धानबाली नष्ट गर्नुका साथै स्थानियहरुलाई त्रसित बनाएको छ । विगतमा रातीराती आउने हात्तिहरु आजभोली दिउँसै आउन थालेपछि स्थानियहरु झन त्रसित भएका हुन् ।

शंकपुरका स्थानिय लक्ष्मण रानाले हाति आतङ्कले स्थानियहरुमा त्रासको बाताबरणका सिर्जना साथै अधिकाँस स्थानियहरुको धानबाली, उखु लगायतको बर्षेबाली नष्ट गरिदिएको बताउनुभयो । ‘बथानका बथान आउने हात्तिहरु ठुलो स्वरले कराउने गर्दछन् ।’, उनले भने ‘हात्तिको कुन दिन मार्ने हो, भन्ने डरले हामीहरु रातभरी जाग्रम बस्छौँ ।’ लामो समयदेखि हात्तिको आतङ्क हुँदा समेत स्थानिय प्रशासनले हात्ति धपाउने योजना अघि नसारेको स्थानियहरुको गुनासो छ ।

गाँउसंगै लालझाडी जोडिएकाले पनि हात्तिहरुले अझै आतङ्क पारेको उनीहरुको भनाई छ । अर्का स्थानिय अमर रानाले हात्ति आतङ्कका कारण दुई गाविसका स्थानियहरु मारमा परेको बताउनुभयो । ‘हात्ति आतङ्गले हामीहरुले धानबाली भि¥याउन समेत पाएका छैनौँ ।’, उनले भने ।
सरकारी वेवास्थाका कारण आफुहरु हात्ति आतङ्कबाट टाढा रहन नसकेको बताए । रानाले सरकारले हात्ति धपाउनका लागि विषेश पहल गर्नुपर्नेमा जोडदिए । ‘हामीहरुले हात्ति धपाउन जाँदा हात्तिले उल्टै मारिदिन्छ, सरकारले यसमा चासो दिएन् ।’, उनले भने ।

हात्ति आतङ्कबाट हैरान भएका यक्त क्षेत्रका स्थानियहरु यसवर्षको दशैँ–तिहार मनाउन समेत समस्यामा परेका छन् । समयमै हात्ति आतङ्क रोकि धानबाली देखि मानविय क्षति न्यूनिकरण गर्नु आवश्यक छ । यस बारेमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनालले जिल्ला बन अधिकृतको अध्यक्षतामा एक कार्यदल गठन भएको बताउनुभयो ।

‘कहाँ कहाँ हात्ति आतङ्क छ, उक्त क्षेत्रमा यो कार्यदलले सुरक्षाकर्मी खटाउने छ ।’, उनले भने ‘कार्यदलले रिर्पोट बुझाएपछि यो समस्या समाधान गर्न सकिन्छ ।’ समन्यतया हात्ति आएका बेला स्थानियहरुले नजिकैको सुरक्षाकर्मीलाई पठाएर स्थानियहरुले आगो बालेर, साईरन बजाएर हात्ति धपाउदै आएको प्रजिअ खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से