२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मानव अधिकारका लागि सबै मिलेर अघि बढनु पर्नेमा जोड

२०७२, १२ कार्तिक बिहीबार ११:४४

भाष्कर के.सी./ कात्तिक १२, कञ्चनपुर । मानव अधिकारको प्रत्याभूति दिलाउनका लागि मानव अधिकारकर्मीहरुले व्यतिmगत रुपमा नभएर साझा विषय बनाएर जानुपर्नेमा यहाँका मानव अधिकारका लागि कार्यरत अधिकारकर्मीहरुले जोड दिएका छन् । बिहीबार ईन्सेक क्षेत्रिय कार्यालय धनगढीले महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरुको अवस्था र भूमिका विषयक कार्यक्रममा मानव अधिकारकर्मीहरुले यस्तो बताएका हुन् । उनीहरुरुले केही मानव अधिकारकर्मीहरुले मुद्दालाई व्यक्तिमुखी बनाएका कारण पनि मानव अधिकारको प्रत्याभूती हुन नसकेको धारणा अघि सारेका छन् ।

dhangadi

मानव अधिकारकर्मी प्रभूनिधी पन्तले कुनै पनि मुद्दालाई साझा बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । ‘कुनै मुद्दामा हामी मानव अधिकारकर्मी एकजुट भएर जानुपर्छ ।’, उनले भने ‘तब मात्रै हामीहरुलाई चुनौती हुदैन् ।’ महिला तथा बृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले प्रहरीबाट मानव अधिकारकार्मीहरु जोखिमा पर्ने गरेको बताईन् । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सिता बोहराले हिंसाका घटनामा कडा अनुसन्धान गर्नुपर्नेमा जोड दिईन् ।

मानव अधिकारको उलङघन गर्नेलाई कडा कार्बाही गर्नुपर्नेमा उहाँको सुझाव छ । मानव अधिकार निगरानी समुहका अध्यक्ष कृष्णसिह देउवाले मानव अधिकारका लागि एकजुट भएर अघि बड्नुपर्नेमा जोडदिनुभयो । ईन्सेक कञ्चनपुरका संयोजक कोमलनिरन्जन भाटले भारतको अघोसित नाकाबन्दी संगै उत्पन्न भएको पेट्रोलियम पदार्थको अभावका कारण उत्पन्न भएको अवस्था सहजताका लागि पहल गरिने बताए । ईन्सेकका सूदूरपश्चिम संयोजक खडगराज जोशीले जनयुद्धकालिन भन्दा हालका दिनहरुमा मानव अधिकारकर्मीहरु जोखिममा परेको अनुभव पोखे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से