२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरबाटै बाघको छाला सहित हड्डी पक्राउ

२०७२, १३ कार्तिक शुक्रबार १२:३७

भाष्कर के.सी, कात्तिक १३, कञ्चनपुर ।  नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रिय कार्यालय दिपायल बाट खटिएको क्षेत्रिय अनुसन्धान टिम महाकालीले फेरी बर्दियाका एक स्थानियको घरबाटै बाघको छाला सहित हड्डी पक्राउ गरेको छ ।

विषेश सूचनाका आधारमा कञ्चनपुरबाट आज बर्दिया पुगेको क्षेत्रिय अनुसन्धान टिम महाकालीले बर्दिया सानोश्रीताराताल नगरपालिका ४का स्थानिय डम्बर बहादुर गुरुङ्गको घरबाटै एक बाघको छाला सहित हड्डी पक्राउ गरेको हो । क्षेत्रिय अनुसन्धान टिम महाकालीका ईन्चार्ज बिरेन्द्र जोहारीले विषेश सूचनाका आधारमा अप्रेसन गर्दै जाँदा गुरुङ्गको घरमा लुकाई रहेको अवस्थामा ९ फिट लामो ३फिट, ५ईन्च चौडाईको पाठे बाघको छालाका साथै ७किलो ३०ग्राम हड्डी समेत बराबद गरेको हो ।

दुर्लभ बन्यजन्तु चोरी तस्करीको आशंकामा गुरुङ्गलाई समेत पक्राउ गरिएको छ । बरामद गरिएको छाला,हड्डीका साथै पक्राउ गरेका गुरुङ्गलाई आजै जिल्ला प्रहरी कार्यालय बर्दिया मार्फत जिल्ला बन कार्यालयमा बुझाईएको आरआईटीका महाकाली इन्चार्ज जोहारीले बताए । सुदूरका जिल्लाहरुमा दुर्लभ बन्यजन्तु पक्राउ गर्न सफल भएको आरआईटीले शुक्रबार मध्यपश्चिमको बर्दियाबाट समेत दुलर्भ बन्यजन्तुको छाला, हडडी पक्रर्न सफल भएको छ ।

उक्त बाघ बर्दिया राष्ट्रिय निकुञ्जको समेत हुन सक्ने आशंका गरिएको छ । गुरुङ्गलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९अनुसार कार्बाही हुने आरआईटीका इन्चार्ज जोहारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से