२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

घरबाटै बाघको छाला सहित हड्डी पक्राउ

१३ कार्तिक २०७२, शुक्रबार १२:३७

भाष्कर के.सी, कात्तिक १३, कञ्चनपुर ।  नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रिय कार्यालय दिपायल बाट खटिएको क्षेत्रिय अनुसन्धान टिम महाकालीले फेरी बर्दियाका एक स्थानियको घरबाटै बाघको छाला सहित हड्डी पक्राउ गरेको छ ।

विषेश सूचनाका आधारमा कञ्चनपुरबाट आज बर्दिया पुगेको क्षेत्रिय अनुसन्धान टिम महाकालीले बर्दिया सानोश्रीताराताल नगरपालिका ४का स्थानिय डम्बर बहादुर गुरुङ्गको घरबाटै एक बाघको छाला सहित हड्डी पक्राउ गरेको हो । क्षेत्रिय अनुसन्धान टिम महाकालीका ईन्चार्ज बिरेन्द्र जोहारीले विषेश सूचनाका आधारमा अप्रेसन गर्दै जाँदा गुरुङ्गको घरमा लुकाई रहेको अवस्थामा ९ फिट लामो ३फिट, ५ईन्च चौडाईको पाठे बाघको छालाका साथै ७किलो ३०ग्राम हड्डी समेत बराबद गरेको हो ।

दुर्लभ बन्यजन्तु चोरी तस्करीको आशंकामा गुरुङ्गलाई समेत पक्राउ गरिएको छ । बरामद गरिएको छाला,हड्डीका साथै पक्राउ गरेका गुरुङ्गलाई आजै जिल्ला प्रहरी कार्यालय बर्दिया मार्फत जिल्ला बन कार्यालयमा बुझाईएको आरआईटीका महाकाली इन्चार्ज जोहारीले बताए । सुदूरका जिल्लाहरुमा दुर्लभ बन्यजन्तु पक्राउ गर्न सफल भएको आरआईटीले शुक्रबार मध्यपश्चिमको बर्दियाबाट समेत दुलर्भ बन्यजन्तुको छाला, हडडी पक्रर्न सफल भएको छ ।

उक्त बाघ बर्दिया राष्ट्रिय निकुञ्जको समेत हुन सक्ने आशंका गरिएको छ । गुरुङ्गलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९अनुसार कार्बाही हुने आरआईटीका इन्चार्ज जोहारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन