दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि,"/>
2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मित लाउने बाहानामा एक दम्पतीको हत्या, ७ जना पक्राउ (नाम सहित)

दिनेश ठकुल्ला | जेठ ८, धनगढी | धनगढी उपमहानगरपालिकाको बुद्ध चौक नजिक आईतवार राती एक दम्पतीको हत्या भएको छ । पुख्यौली घर डोटीको शिखर नगरपालिका भई हाल धनगढी उपमहानगरपालि, ७ बुद्धचौकमा बस्दै आएका ७५ वर्षिय बद्री प्रसाद जोशी र उहाकी श्रीमति कुन्तीको हत्या भएको हो । 

आफ्नै घरमा सुतिरहेको अवस्थामा जोशी दम्पतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले बताउनुभयो । स्थानीयले खवरपछि घटनास्थल पुगेको प्रहरीले ताला लगाएको अवस्थामा मृत फेला पारेको थियो । 

जोशी फुलवारीको विद्यालयका पुर्व शिक्षक हुन । उहा शिक्षकबाट अवकाश पाएर पेन्सन खाईरनुभएको थियो । जोशी दम्पतीको हत्याको आरोपमा ७ जनालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक चन्दले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुलाई सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा बझाङको थलारा गाउपालिका, ३ का ५१ वर्षका कलक बटाला, ५० वर्षिया चन्द्रकला बटाला, कञ्चनपुरको पुनर्वास नगरपालिका, ११ अमरबस्ती बस्ने १८ वर्षिया समिक्षा साउद, ४६ वर्षका जमुना साउद, ५९ वर्षका रन्तला साउद रहेका छन । त्यस्तै, बझाङको थलारा गाउपालिका, ३ का २० वर्षकी पुजा बटाला, १२ वर्षिया सिमान धामीलाई पक्रार गरि सोधपुछ भईरहेको छ । 

प्रहरीका अनुसार पक्राउ परेका पुजा बटालाकी आमासँग जोशी दम्पतीले मित लगाएका थिए । पक्राउ परेकी पुजाकी आमाले जोशीकी पत्नी कलावतीसग मित लगाएका थिए । 

मित लगाएको र घर आफ्नो नाममा गरिदिएको खुसीयालीमा पक्राउ परेकालाई पुजाकी आमाले पार्टी खान बोलाएकी हुन् । आईतवार दिउसो जोशीले घर आफ्नो नाममा गराई दिएको र साझ मित लगाउने भन्दै पुजाकी आमाले आफन्तलाई बोलाएको बुझिएको छ । तर, पार्टी खान बोलाउने पुजाकी आमा र मामा साझ जोशीको घरमा थिएनन । उनीहरु अझै फरार छन । 

मृतक जोशीको घरमा भाडामा बस्दै आएका गदरीयाका भागिराम चौधरीले आईतवार राति ८ बजेतिर २० देखि ३० जनाको समुहले खसी काटेर पार्टी खाएको बताउनुभयो । चौधरीका अनुसार उनीहरुले रातिको १२ बजेसम्म नाचगात तथा देउडा खेलेका थिए । 

हत्या गरिएको जोशी दम्पतीका एक्ला छोरा स्पेनमा हुनुहुन्छ भने ४ वटै छोरीको विहे भईसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई