पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/2b0a27182d234de8ff580e59c672efbf1495780456.jpg" style="width: 660px; float: left;">जेठ १२, नवलपरासी । सेल्फी खिच्ने क्रममा नवलपरासीमा दुई जनाको ज्यान गएको छ । </p><p>नवलपरासीको गैडाकोट नगरपालिका २ स्थित ब्रिटिस क्याम्प नजिक नदी किनारमा सेल्फी खिच्ने क्रममा गैडाकोट-२ का १७ वर्षीय आशिष श्रेष्ठ र गैडाकोट-८ का १७ वर्षकै भुपेन्द्र केसी वेपत्ता भएका हुन् । </p><p>विहीबार नारायणी नदी किनार सेल्फी लिने क्रममा रहेका उनीहरु अनियन्त्रित भई नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनीहरुको शव आज विहान मात्र फेला परेको छ । </p><p>नदीमा बेपत्ता भएका उनीहरुलाई सशस्त्र प्रहरीको गोताखोरले आज बिहान फेला पारेको हो ।</p>

