जेठ १२, रसुवा | गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । 

प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १२, रसुवा | गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । 

प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा का"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्डमा डुबेर यात्रुको निधन

१२ जेष्ठ २०७४, शुक्रबार ०८:२१


जेठ १२, रसुवा | गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । 

प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुनुहुन्छ । उहाँ आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न जानुभएको थियो । 

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उहाँको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव दहबाट बाहिर निकाल्न आवश्यक सामग्रीसहित प्रहरी खटाइएको प्रहरी प्रमख प्रसाईंले बताउनुभयो । 

कुण्डमा रहेको शव बाहिर निकाल्ने मद्दतका लागि आफ्नो मातहतमा रहेको चन्दनबारी ढिम्सापोष्टबाट नेपाली सेना गोसाइँकुण्डतर्फ पठाइसकिएको नेपाली सेना नारायण दल गण धुन्चेले जनाएको छ । 

आजदेखि सुरु भएको गोसाइँकुण्ड मेला २१ गतेसम्म चल्ने, गङ्गादशहरा पर्वको पहिलो दिन सयौँ यात्रुले कुण्डमा स्नान गरेको र भक्तजनको ओहरदोहर भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता