१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

महिला सशक्तिकरणकालागि महिला उद्यमीहरु मेलामा

२३ फाल्गुन २०७२, आईतवार ०३:५६

mahila udyamiभाष्कर के.सी./फागुन २३, कञ्चनपुर । सुदूरपश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला कञ्चनपुर पर्यटन महोत्सव २०७२ को मेलामा रहेको स्टलहरु मध्ये महिला उद्यमी समिति कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुर द्वारा स्थानिय महिला बाट उत्पादित विभिन्न प्रकारका अचार तथा अन्य उपभोग्य समाग्रीहरु मेलाको मुख्य आर्कषक केन्द्र मध्ये रहेको छ ।

महिलाहरु द्वारा आफैंले उत्पादित अचार सेलरोटी, पकौडा आदि मेलामा बेच्न पाउदा उनीहरु उत्साहीत एवं प्रोत्साहित भएको बताएका छन् । यसरी आफैं उत्पादन गरेको अचार जस्तै: आमको अचार, खुर्सानीको अचार, लसुनको अचार, अदुवाको अचार जस्ता विभिन्न प्रकारका गुणस्तरीय अचार तथा अन्य सामग्रीहरु विक्रीका लागि राखिएको संयोजक निर्मला भट्टले बताउनु भयो ।

महिला सशक्तीकरणकोलागी यस्ता कार्य सबै महिलाहरुले गर्नु पर्ने र आफ्नो शिप कौशललाई घरमै सिमित नराखी आय आर्जनको स्रोत सम्म बन्ने हुनाले सबैले हातेमालो गदै जान्नु पर्ने र यसबाट अरु महिलाहरुले पनि प्रेरणा लिई महिला उद्यमशीलतालाई अगाडी बढाउनु पर्ने कुरा सह– संयोजक मधु भारतीले बताउनु भयो ।

आफनो काम प्रति राम्रो रिसपोन्स आएको हुनाले महिला उद्यमी समिति कञ्चनपुरका महिलाहरु अझै उत्साहित भएको छन् । कञ्चनपुर उद्योग वाणिज्य संघले विभिन्न किसिमका यस्ता तालिमको आयोजना गर्ने हुनाले यस्ता कार्यहरुमा सहभागी हुन समेत सबै उद्यमी महिलाहरुमा आग्रह गर्नु भएको छ । यस कार्यक्रममा सुदा नाथ, अहिल्या बोहरा, सरला खड्का, रन्जना थापा र भावना के.सी.को पनि सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु