११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिम औधोगिक ब्यापार मेलामा कुमाँउनी कलाकार द्वारा बेजोड प्रस्तुती

२९ फाल्गुन २०७२, शनिबार १०:२५

भाष्कर के.सी./फागुन २९, कञ्चनपुर ।

आठौं दिन सम्म ४ करोड रुपैयाको आम्दानी

कृषि पर्यटन र उर्जाको विकास समृद्ध सुदुरपश्चिमको आधार भन्ने मूला नाराका साथ सुदूरपश्चिमाअञ्चल औधोगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आज नवौं दिन सम्म आइपुग्दा पनि दर्शकहरुमा अवलोकन गर्ने उत्सुकताका कम भएको छैन् । फागुन ३० गते सम्म चल्ने महोत्सवमा नेपालका लोकप्रिय राष्ट्रिय कलाकार, कुमाउँका कलाकरका साथै स्थानिय कलाकारले दर्शकलाई भरपुर्ण मनोरञ्नजन दिएका छन् ।

यसै क्रममा शुक्रबार कुमाँउ (भारत)का कलाकारले महेन्द्रनगरको माहौल तताएका थिए । सुदूरपश्चिम सँग रहन सहन र सास्कृति मिल्ने हुनाले पनि दर्शक रमाईलो मानि नाचिरहेका थिए, आफ्नो कला सास्कृतिको जर्गेना गनुपर्छ भन्ने सन्देश पनि आफनो कला द्वारा दर्शाएका थिए । त्यसै गरी आज हुने सांस्कृतिक कार्यक्रममा युवा युवती देखि सबै वर्गका दर्शकहरुका प्रिय गायक प्रमोद खरेल तथा रमेश राज भट्टराई र यहाँका स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने सास्कृति संयोजक तथा कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव मदन पन्तले बताउनु भयो ।

कञ्चनपुर उद्योगवाणिज्य संघले यस औद्योगिक व्यापार मेला बाट पाँच करोड रुपैयाको आम्दानी गर्ने लक्ष्य राखी शुरुवात गरिएको यस महोत्सवमा हिजो आठौं दिन सम्म आइपुग्दा ४ करोड रुपैयको आम्दानी गर्न सफल भएको छ । यस मेलामा १८ वटा मोटर साईकल विक्री भए जसमा ३ वटा रोयल इनफिल्ड, १२ ओटा बजाज र ३ अन्य रहेका छन, यस मेलाका सह प्रायोजक आइसर कम्पनीका २ वटा ठुला गाडी र कृषि औजारहरु टेक्टर लगायत, गहँु काटने चुट्ने खेत जोतने यन्त्रहरु समेत विक्री भएको छ,, त्यसै गरी मेलामा ढाई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखे पनि दुई लाख दर्शकले अवलोकन गरेका कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष माधव जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप