११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुआहाराको अनुभब आदानप्रदान कार्यक्रम सम्पन्न

२ चैत्र २०७२, मंगलवार १३:५७

suaahaara kanchanpurभाष्कर के.सी./चैत २, कञ्चनपुर । सुआहाराले एक कार्यक्रम गरी आफ्नो ११ महिनाको छोटो समयमा गरेको उपलब्धी र आफुले बटुलेको अनुभब आदान प्रदान गरेको छ ।

युएसएड अन्तर्गतको त्यस संस्थाले एक कार्यक्रम विच आफुले गरेको बहुक्षेत्रीय पोषण योजना, जिल्ला स्तरीय प्रगती विवरण, सुआहाराको निरन्तरताको आधारहरु र कार्यक्रम बजेट तथा खर्च विवरण प्रस्तुत गर्नुको साथै आफ्ना ग्यालरी प्रर्दशन गरेको थियो ।

आफुहरुले छोटो समयमा पनि महिला स्वास्थ्य स्वयं सेविका, घरायसी खाद्यान्न समुह, नमुना कृषकद्वारा पोषण सरसफाई, घरायसी खाद्यान्न उत्पादन, उपयोग छलफल र सहयोग गरेको, विपन्न वर्गका कृषकहरुलाई विउ–विजन, कृषि अनुदान, खानेपानी , सरसफाई, तथा महिलाहरुको लागि गर्भधारण देखि बच्चा नहुर्कुन्जेल दिनु पर्ने पोषण सम्बन्धी ज्ञान तथा फर्सीको खिर बनाउने तरिका साथै त्यस बाट हुने फाईदा बारे जानकारी दिएको र त्यही अवधिमा २ वटा गा.वि.स.मा खुल्ला दिशा मुक्त घोषणा गर्न सफल भएको, हात धुने स्थानको स्थापनाको सिकाइले अन्य स्वस्थ्य आमा समुहको गतिविधिमा समेत सोहि सिकाइलाई प्रयोगमा ल्याएको, हरेक बार खाना चारको व्यवहारलाई समुदायले मनन गरी प्रयोगमा ल्याएको जस्ता कार्यक्रमहरु गरेको जिल्ला संयोजक भीमा पराजुलीले बताउनु भयो ।

सानो समयमा ठुलो उपलब्धी गरेको यस्ता कार्यक्रमहरुले गाँउको विकास गर्नुको साथै स्वच्छ सफा अभियानलाई अगि बढाउदा मान्छे निरोगी र स्वास्थ्य हुने हुनाले यस्ताकार्यहरु लाई निरन्तरता दिनु पर्ने र सुआहारा फेज १ सकिएको र फेज २ लिएर फेरी आउने आशा गरेको खानेपानीका कार्यालय प्रमुख गौराज लिम्बुले बताउनु भयो ।

उक्त कार्यक्रममा अध्यक्षता नि. स्थानीय विकास अधिकारी धर्मराज जोशीले गर्नु भएको थियो भने जिल्ला प्रमुख अधिकारी मनोहर प्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो । स्वागत मन्तवय जिल्ला जन स्वास्थ्य प्रमुख दिल बहादुर शाहीले दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु