चैत ७, कञ्चनपुर / कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–१०मा चौतारी समाज विकास संस्थाको आयोजनामा आज देखी विधिवत रुपमा होली शुभारम्भ गरिएको छ । हिन्दुहरुको महानपर्व होली पहाडी परम्परा अनुसार धुमधामसंग मनाईने आयोजकले जनाएको छ ।
होली खेलेर उठेको रकमले “ आफ्नो गाउँ आफै बनाउँ” भन्ने काममा खर्च गरिने चौतारी समाज विकास संस्थाका सचिव मदन खडायतले जानकारी गराउनु भयो । धेरै समय अगाडी देखि यस पर्वलाई असत्य मााथि सत्यको जितको रुपमा लिईन्छ ।
यसरी मनोरञ्जन गरेर पनि आफ्नो गाउँको विकास हुने उदेश्यले होली कार्यक्रम आयोजना गरेको सचिव खडायतले बताउँनुभयो । उनले भने यो नयाँ तरीकाले विकासको काममा ठुलो टेवा पुग्ने हुनाले हामीले यस्ता धेरै बिधिहरु अपनाई रहेका छौँ । हामीले यसरी नै देश विकास गर्न आफुबाट नै सकारात्मक सोच बनायौँ र लाग्यो भने सबै समस्याहरु सामाधान हुने धारणा ब्यक्त गर्नुभयो । विमल धामीबाट