१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी स्वास्थ्य केन्द्रलाई एम्वुलेन्स हस्तान्त्रण

१६ चैत्र २०७२, मंगलवार ०४:१४

विमल धामी/चैत १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणि क्षेत्र बेल्डाँडी नगरपालिकाको बेल्डाँडी प्रथामिक स्वास्थ्य केन्द्रलाई आज संसदिय ब्यवस्थापन समितिका सदस्य देवान सिह बिष्टले एम्बुलेन्स हस्तान्त्रण गराएका छन् ।

गत आर्थिक बर्षको संसद कोषको बजेट बाट एम्वुलेन्सका लागी १०लाख रकम बिनियोजन गरिएको थियो । आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्त्रण गराउँनुका साथै रिबन काटेर एम्बुलेन्स सेवा आजकै मितिबाट सुचारु भएको जानकारी गराउँनु भयो ।

बेल्डाँडी प्रथामिक स्वास्थ्यका प्रमुख सिनियर अहेव गिताराम रिजालले एम्बुलेन्स हस्तान्त्रण गर्दै भन्नु भयो । यो एम्बुलेन्सले बेल्डाँडी नगरपालिकाका ४०हजार नगरवासी लाभाम्वित हुने कुरा जानकारी गराउँनु भयो ।

उनले भने यातायातका कारण अकालमै ज्यान गुमाउँनेको संख्या अव न्युनहुने धारण ब्यक्त गर्नु भयो । यस्तै बेल्डाँडी नगरपालिका नेपाली काग्रेस वार्ड नं. १०का वडा सभापती जनक धामीले भन्नु भयो बेल्डाँडी नगरपालिकाको एक ठुलो सम्पति जोडिएको र यसलाई संरक्षण गर्न सबै नगरवासीहरुको आ–आफ्नो ठाउँबाट ठुलो भुमिका रहेको कुरा बताउँनु भयो ।

उनले भने दैजी बेल्डाँडी सडक खण्डको अवस्था जिण रहेकोले यसमा नेपाली काग्रेसको गम्भीर ध्यानाक्रषण भएको र काग्रेस यो कालो पत्रे गर्नमा कहिलै नचुक्ने कुरा समेत जानकारी गराउँनु भयो । अहिले सडक डिभिजन कार्यालयले ग्रेड गर्नलागेको जानकारी गर्नु भयो ।

हस्तान्त्रण कार्यक्रमका सभापति रहनु भएका नेपाली काग्रेसका नगर सभापति हर्क देव जोशीले भने यो एम्वुलेन्सलाई सहि तरीकाले संचालनमा ल्याउँने हो भने यसै एम्बुलेन्स बाट तमाम एम्वुलेन्स बनाउन सकिने धारण ब्यक्त गर्नु भयो । बेल्डाँडीमा एम्वुलेन्स आएकोले स्थानिय बासीहरुमा खुशी छाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन