Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बाजुरामा सेनाको विमान दुर्घटना अपडेटः पाइलटको मृत्यु, दुई जना घाइते

By kit

बिमान दुर्घटनामा ज्यान गुमाएका कैलाश गुरुङ

जेठ १६, काठमाडौं । बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज मंगलबार दिउँसो बाजुराको कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो ।

विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना सवार थिए । उनीहरु मध्ये भोजपुर घर भएका पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ । सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको कोल्टी विमानस्थल सुरक्षा पोष्टले जनाएको छ ।

दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका छन् ।  सिमिकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो ।