दाङमा आफैँले बोकेको हतियार पड्किदा नेपाली सेनाका हवल्दारको मृत्यु

Posted on: 30 May, 2017

जेठ १६, दाङ । दाङमा आफैंले बोकेको हतियार पड्किदा नेपाली सेनाका हवल्दारको जयन गएको छ । 

दाङको घोराही उप–महानगरपालिका वडा नं. १० निवासी किसन थापाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

सोमवार दिउँसो चुनावी सुरक्षाको लागि गढुवा क्षेत्रमा खटिएको सेनाको टोलि गाडिमा चढेर गस्तिमा जाँदै गर्दा आफैंले बोकेको हतियार  एकाएक पड्किएर थापाको घाँटीमा गोलि लागेको थियो । घाईते थापाको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!