Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

By kit

<p><b>जेठ १६, मोरङ ।</b> मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ ।<br></p><p>मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए ।&nbsp;</p><p>विराटनगर बरगाछीबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ९९९८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । रासस&nbsp;</p>