६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको राष्ट्रिय माविमा दुई वर्षदेखि कक्षाकोठा नहुँदा समस्या

१६ जेष्ठ २०७४, मंगलवार ११:२७

जेठ १६, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविको छाना दुई वर्ष अगाडि हावाहुरीले उडाएकोमा अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ ।

विसं २०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छकोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त भट्टले जानकारी दिए।

विद्यालयसँग आन्तरिक आय केही नभएकाले विद्यालय भवन निर्माण गर्न सकिएको छैन, प्रधानाध्यापक भट्टले भने “विद्यालयमा कक्षाकोठाको अभावमा बहुकक्षा शिक्षण गर्नुपरेको छ ।”

मौसम प्रतिकूल भएको बेला विद्यालय नै आउन छोडेको छात्रा धाना भाटले बताइन् । 

उनले भनिन् “पानी लागेका बेला विद्यालयमा बस्ने कोठा नै छैनन्, त्यसैले विद्यालय जानै छोडेका छौं ।”

विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयसम्म धाउँदा समेत केही सीप नचलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त कुँवरले जानकारी दिए।

”विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब दिनसमेत धौधौ परिरहेको छ,” उनले भने “आन्तरिक स्रोतबाट भौतिक संरचना निर्माणको केही काम गर्न सकिएको छैन ।”

जिल्ला शिक्षा कार्यालयले पनि राजनीतिक पहुँचका आधारमा भवन निर्माण र पुनःनिर्माण गर्ने भएकाले आफूहरुलाई समस्या भएको समेत उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता