६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा भवन निर्माण आचारसंहिता सम्वन्धि तालिम सम्पन्न

१७ जेष्ठ २०७४, बुधबार ०९:४९

विमल धामी/जेठ १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपलिकामा मंगलबार देखि शुरु भएको भवन निर्माण मापदण्ड तथा राष्ट्रिय भवन संहिता सम्वन्धि २ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ ।

बेल्डाँडी गाउँपालिकाको आयोजनामा भवन निर्माण आचार संहिता र भुकम्प प्रतिरोधात्मक भवन निर्माण गुरुन भन्ने उदेश्यले यस सम्वन्धि तालिम दिईएको बेल्डाँडी गाउँपालिकाका कार्यकारी अधिकृत धर्मराज जोशीले जानकारी गराउनु भयो । बेल्डाँडीमा दिन प्रतिदिन निर्माण हुन लागेका भवन प्रति चिन्ता ब्यक्त गर्दै आचार संहिता सम्वन्धि अभिमुखिकरण गराउनु पर्ने भएकोले तालिम दिएको बताए । बेल्डाँडी निर्वाचन अधिकृत टेक कुमार रेग्मी लगायत राजनितिक दल, वडानागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सकारी तथा गैरसरकारी सं–संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।

भवन निर्माण आचार संहिता र प्राबिधिक तालिम बारेमा बेदकोट नगरपालिकाका सिभिल इन्जनियर शतिस शाहीले तालिम दिएका थिए । मनोगत तरिकाले भवन निर्माण कार्यले भोली खतारा निम्त्याउने हुनाले अनिर्वाय रुपमा भवन निर्माण संहिता लागु गर्नुपर्नेमा जोड रहेको थियो ।

सहभागीहरुले भवन निर्माण आचार संहिता अनुरुप बेल्डाँडीमा भवन निर्माण हुनु पर्नेमा जोड दिएका थिए । आचार संहिता बेल्डाँडीमा लागु गर्नु पर्नेमा कार्यालयलाई सहयोग गर्नेमा प्रतिवद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का